7 years ago
November 3, 2018
बोर्नमाउथ (एजेन्सी)– म्यानचेस्टर युनाइटेडले प्रिमियर लिगमा शनिबार एएफसी बोर्नमाउथविरुद्ध कठिन जित निकालेको छ । इन्जुरी समयमा मार्कोस रासफोर्डले गोल गरेपछि युनाइटेडले २–१ ले विजयी भएको थियो ।
१–० ले पछि परेको खेल उल्टाउँदै युनाइटेडले जित हासिल गरेको थियो । कालुम विल्सनको गोलबाट बोर्नमाउथले खेलमा ११ औं मिनेटमा अग्रता लिएको थियो । जुनियर स्टानिस्लासको क्रसमा विल्सनले गोल गरेका थिए । ३५ औं मिनेटमा एन्टोनियो मार्सियलले बराबरी गोल गरेका थिए । मार्सियलको त्यो प्रिमियर लिगमा लगातार चौथो गोल हो ।
दोस्रो हाफमा एस्ले योङको प्रहारबाट युनाइटेडले अग्रताको मौका पाएको थियो । तर उनको प्रहार बारमा ठोक्किएर फर्कियो त्यसमै रासफोर्डको प्रहार नाथन एकेले रोके । त्यसलाई डेभिड ब्रुक्सले गोललाईनबाट क्लियर गरे । तर, इन्जुरी समयको दोस्रो मिनेटमा पाउल पोग्बाले क्रस गरेको बलमा रासफोर्डले नजिकबाट गोल गर्दै युनाइटेडलाई जित दिलाए । बोर्नमाउथ र युनाइेडको समान २० अंक छ ।
December 21, 2025
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]