default_image

7 years ago

November 4, 2018

हारको मुखबाट बार्सिलोनाको उत्कृष्ट कमब्याक जित

84 views

0 Bookmark

एजेन्सी – स्पेनिस ला लिगाअन्तर्गत शनिबार भएको खेलमा बार्सिलोनाले रायो भालेकानोलाई ३-२ ले पराजित गरेको छ । अन्तिम ३ मिनेटमा दुई गोल गर्दै बार्सिलोनाले महत्त्वपूर्ण ३ अंक हासिल गरेको हो ‌‌।

बार्सिलोनाले खेलको १० अौं मिनेटमा अग्रता लिएको थियो । लुइस सुअारेजले जोर्डी अल्बाक पासमा गोल गर्दै अग्रता दिलाएका थिए ‌। पहिलो हाफको १० मिनेट समय बाँकी रहँदा घरेलु टोली भालेकानोले बराबरी गोल फर्कायो । जोसे पोजोको गोलसँगै पहिलो हाफ १-१ को बराबरीमा टुङ्गिएको थियो ।

दोस्रो हाफमा भालेकानोले अग्रता लियो । ५७ अौं मिनेटमा अल्भारो गार्सियाले गोल गरेपछि बार्सिलोना स्तब्ध बनेको थियो । तर अन्तिम तीन मिनेट समयमा दुई गोल गरेपछि खेलमा बार्सिलोना फर्कियो । ८७ अौं मिनेटमा अोस्मान डेम्बेलेले बराबरी गोल गरेको केहि बेरमै लुइस सुअारेजले विजयी गोल गरे ।

यस नतिजासँगै बार्सिलोना अंक तालिकाको शीर्ष स्थानमा ४ अंकले अगाडी छ । बार्साको ११ खेलमा २४ अंक छ भने एट्लेटिको म्याड्रिड समान खेलमा २० अंकसहित दोस्रो स्थानमा छ । एक खेल कम खेलेको अलाभेस २० अंक सहित तेस्रो स्थानमा छ ।

December 21, 2025

पिएसजी फ्रेन्च कपको अन्तिम ३२ मा

एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]

December 21, 2025

रियलको जित, एम्बाप्पेद्वारा रोनाल्डोको कीर्तिमानमा बराबरी

एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]

December 21, 2025

लिभरपुलको जित

एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]

Success

Thank you for your time.