default_image

7 years ago

November 4, 2018

आर्सनल र लिभरपुल बराबर

182 views

0 Bookmark

लन्डन (एजेन्सी) – लन्डन क्लब आर्सनल र लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलमा बराबरी खेल्दै अंक बाँडेका छन् ।  प्रिमियर लिग अन्तरगत शनिबार राति भएको खेलमा आर्सनल र लिभरपुलले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।

बराबरी पछि लिभरपुल २७ अंकसहित लिगको शीर्ष स्थानमा उक्लिएको छ । लिभरपुलले एक खेल कम खेलेको म्यानचेस्टर सिटीलाई १ अंकले पछि पार्दै लिगको शीर्ष स्थानमा उक्लन सफल भएको हो । सिटीले आज साउथह्याम्पटनसँग प्रतिस्पर्धा गर्दैछ । बराबरीपछि आर्सनल पाचौ स्थानमा झरेको छ । आर्सनलको ११ अ‍ेदबाट २३ अंक छ ।

लिभरपुलका जेम्स मिल्नरले गोल गर्दा आर्सनलका एलेक्स लाकाजेट्टीले बराबरी गोल फर्काएका थिए । आर्सनलको घरेलु मैदान इमिरेट्स स्टेडियममा भएको प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर, ६१औं मिनेटमा जेम्स मिल्नरले गोल गर्दै घरेलु टोलीविरुद्ध लिभरपुललाई अग्रता दिलाएका थिए । गोलरक्षक लेनोको गलतीमा मिल्नरले गोल गर्न सफल भएका थिए ।

१ गोलले पछि परेपछि आर्सनलले लिभरपुलमाथि दवाव सिर्जना गर्दै ८२औं मिनेटमा बराबरी गोल गर्न सफल भयो । एलेक्स इओवीको पासमा लाकाजेट्टीले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याएका थिए । त्यसपछि थप गोल निस्कन नसक्दा खेल बराबरीमा सकियो ।

December 21, 2025

पिएसजी फ्रेन्च कपको अन्तिम ३२ मा

एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]

December 21, 2025

रियलको जित, एम्बाप्पेद्वारा रोनाल्डोको कीर्तिमानमा बराबरी

एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]

December 21, 2025

लिभरपुलको जित

एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]

Success

Thank you for your time.