default_image

7 years ago

November 4, 2018

जेनोआमाथि इन्टरको पाँच गोल

97 views

0 Bookmark

मिलान (एजेन्सी) – इन्टर मिलान इटालियन सिरी ‘ए’ मा जिनोआमाथि फराकिलो जित निकालेको छ । सिरी ‘ए’ अन्तर्गत शनिबार भएको खेलमा जेनोआमाथि ५–० को प्रभावशाली जित निकालेको हो ।

मिलानको फराकिलो जितमा रोबर्टाे गग्लीआरडिनीले २ तथा माटियो पोलिटानो, जोआ मारियो र राड्जा नेइङगोलनले समान गोल गरे । एकपक्षीय बनेको खेलमा मिलानले १४औं मिनेटमा रोबर्टाेको गोलबाट खेलमा अग्रता बनाएको थियो । त्यसको दुई मिनेटपछि नै पोलिटानोले गोल गर्दै मिलानलाई २–० को अग्रता दिलाएका थिए ।

पहिलो हाफमा २–० को अग्रता बनाएको मिलानले दोस्रो हाफमा थप ३ गोल गर्न सफल भएको थियो । ४९औं मिनेटमा रोबर्टाेले टिमका लागि चौथो तथा व्यक्तिगत दोस्रो गोद गर्दा मिलान खेलमा ३–० को अग्रता बनाउन सफल भएको थियो । बाँकी दुई गोल भने, इन्जुरी समयको थप गरिएको समयमा भएको थियो ।

इन्जुरी समयको थप गरिएको पहिलो मिनेटमा मारियोले गोल गर्दा चौथो मिनेटमा राड्जाले गोल गर्दै मिलानलाई ५–० को प्रभावशाली जित दिलाए ।
जितपछि मिलान ११ खेलबाट २५ अंक लिएर दोस्रो स्थानमा यथावत छ ।

December 21, 2025

पिएसजी फ्रेन्च कपको अन्तिम ३२ मा

एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]

December 21, 2025

रियलको जित, एम्बाप्पेद्वारा रोनाल्डोको कीर्तिमानमा बराबरी

एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]

December 21, 2025

लिभरपुलको जित

एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]

Success

Thank you for your time.