7 years ago
November 4, 2018
एजेन्सी – लुइस सुआरेज सिजनको सुरुवातमा आलोचनाको पात्र बनेका थिए । कारण, उनले अपेक्षित प्रदर्शन गर्न सकेका थिएनन् र गोल पनि निस्केको थिएन । तर पछिल्ला खेलमा उत्कृष्ट प्रदर्शन गर्दै उनले लागत गोल गरिरहेका छन् ।

बार्सिलोनाका मुख्य फरवार्डको भूमिका निर्वाह गरिरहेका ३१ वर्षीय सुआरेजले शनिबार भालेकानोविरुद्धको जितमा पनि दुई गोल गरे । पछिल्लो साता क्याम्प नोउमा भएको एल क्लासिकोमा रियल म्याड्रिडलाई ५-१ ले पराजित गर्दा उनले ह्याट्रिक गरेका थिए । सुआरेजले पछिल्ला दुई खेलमा ५ गोल गरेसँगै उनले लयमा फर्केको संकेत देखाएका छन् ।
सुआरेज लगातार गोलसँगै बार्सिलोनाको लागि जारी सिजनको सर्वाधिक गोलकर्ता बनेका छन् । लिगको सर्वाधिक गोलकर्ताको सूचीमा उनी क्रिस्टियन स्टुआनी र इयागो आस्पासभन्दा १ गोल बढी गर्दै ९ गोलका साथ शीर्षस्थानमा छन् । यता रियल म्याड्रिडले भने लगातार खराब प्रदर्शन गर्दा फरवार्डहरु चल्न सकेका छैनन् । रियलका लागि ग्यारेथ बेलले ४, करीम बेन्जेमाले ३ र मार्को एसेन्सियो १ गोल गरेका छन् । रियलका फरवार्डहरुले ८ गोल गर्दा सुआरेज एक्लैले ९ गोल गरिसकेका छन् ।
यद्यपी च्याम्पियन्स लिगमा भने उनले आफ्नो लय कायम गर्न सकेका छैनन् । उनले युरोपमा गोल गर्न सकेका छैनन् । मेसीको अनुपस्थितिमा उनीमाथि जिम्मेवारी थपिएको छ । बार्सिलोनाले च्याम्पियन्स लिगमा मंगलबार इन्टर मिलानको सामना गर्दैछ ।
December 21, 2025
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]