default_image

7 years ago

November 7, 2018

केनको दुई गोलसँगै टोटेनहमद्वारा पीएसभी पराजित

142 views

0 Bookmark

एजेन्सी – खेलको अन्तिम १२ मिनेटमा कप्तान ह्यारी केनले दुई गोल गरेपछि इंग्लिस क्लब टोटेनहम हट्स्परले च्याम्पियन्स लिगको समूह चरण खेलमा पीएसभी आइन्डोभनलाई २-१ ले पराजित गरेको छ । यस यस जितसँगै स्पर्सको दोस्रो चरणमा पुग्ने सम्भावना जिवितै रहेको छ ।

खेलको दोस्रो मिनेटमा नै पाहुना टोली पीएसभीले अग्रता बनाएको थियो । कप्तान लुक डे योङले कर्नरबाट आएको बललाई हेडरमार्फत गोल गर्दै अग्रता दिलाएका थिए । टोटेनहमले लगातार दबाब बनाएपनि गोलको अवसर सदुपयोग गर्न नसक्दा पहिलो हाफ १-० ले पछाडी रहयो । दोस्रो हाफमा पनि घरेलु टोलीले अपेक्षित सुरुवात पाउन सकेन । पीएसभीका गोलरक्षक जोरिओन जोतले लगातार बचाउ गर्दै पाहुना टोलीको अग्रता कायम राखेका थिए ।

तर ७८ औं मिनेटमा कप्तान ह्यारी केनले गोल गर्दै खेल बराबरीमा ल्याए । उनले फर्नान्डो लोरेन्टेको पासलाई सदुपयोग गर्दै पेनाल्टी क्षेत्रभित्रबाट गरेको प्रहार गोलमा परिणत भयो । एक मिनेट समय बाँकी हुँदा केनले नै टोटेनहमलाई अग्रता दिलाए । उनले बेन डेभिसको क्रसमा गरेको हेडर दुई डिफेन्डरलाई लाग्दै गोलमा परिणत भएको थियो ।

स्पर्सले खेल अवधिभर पीएसभीको पोस्टमा ३० प्रक आक्रमण गरेको थियो । यो टोलीको च्याम्पियन्स लिग इतिहासमै सर्वाधिक प्रहार हो । केनले पछिल्लो १४ च्याम्पियन्स लिग खेलमा १३ गोल र २ असिस्ट प्रदान गरेका छन् । यता पीएसभीले भने सन् २०१५ यता १२ खेलमा जित दर्ता गर्न सकेको छैन ।

December 21, 2025

पिएसजी फ्रेन्च कपको अन्तिम ३२ मा

एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]

December 21, 2025

रियलको जित, एम्बाप्पेद्वारा रोनाल्डोको कीर्तिमानमा बराबरी

एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]

December 21, 2025

लिभरपुलको जित

एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]

Success

Thank you for your time.