7 years ago
November 7, 2018
एजेन्सी – कमजोर आँकिएको रेड स्टार बेलग्रेडको घरेलु मैदानमा २-० ले पराजित भएसँगै इंग्लिस क्लब लिभरपुलको यूईएफए च्याम्पियन्स लिगमा दोस्रो चरणमा पुग्ने लक्ष्यमा धक्का पुगेको छ ।

फरवार्ड मिलान पाभ्कोभले पहिलो हाफमा दुई गोल गर्दै घरेलु टोलीलाई २-० को अग्रता दिलाएका थिए । पहिलो हाफमा लिभरपुललाई पूर्ण दबाबमा राखेको रेड स्टारले अग्रता लिनु अघि पनि गोल गर्ने दुई सुवर्ण अवसर गुमाएको थियो । भुज्दान साभिच र एल फार्दु बेनले अग्रता दिलाउन चुकेका थिए । ड्यानीएल स्टरिजले ६ यार्डबाट गोल गर्न नसक्दा लिभरपुलले पनि १७ औं मिनेटमा अगाडी बढ्न चुक्यो । पाभ्कोभले २२ औं र २९ औं मिनेटमा गोल गरेका थिए ।
दोस्रो हाफमा ८० प्रतिशत बल पोसेसन राखेको लिभरपुलले गोल फर्काउन भने सकेन । लिभरपुलको दुई प्रहार पोस्टमा लगेर फर्केको थियो । यता रेड स्टारले भने पछिल्ला १५ घरेलु खेलमा १० औं क्लिन सिट राख्न सफल रहयो । लिभरपुलले जारी सिजनको च्याम्पियन्स लिगमा दोस्रो हार बेहोरेको हो । पछिल्लो तीन खेलमा दुई हार बेहोरेको लिभरपुलले त्यसअघिका ११ खेलमा २ हार बेहोरेको थियो ।

यस नतिजाले समूहको समीकरणमा भने उथलपुथल नै सिर्जना गरेको छ । शीर्षस्थानमा रहेको नेपोलीको ४ खेलमा ६ अंक छ । समान अंक बोकेको लिभरपुल हेड टु हेडको आधारमा दोस्रो स्थानमा छ । पीएसजीले ४ खेलमा ५ अंक जोडेको छ भने रेड स्टार ४ खेलमा ४ अंक सहित पुछारमा छ । अब लिभरपुलले अन्तिम दुई खेलमा पीएसजी र नेपोलीको सामना गर्नेछ ।
December 21, 2025
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]