7 years ago
November 7, 2018
एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत मंगलबार स्पेनिस क्लब एटलेटिको म्याड्रिडले जर्मन क्लब बोरुसिया डर्टमुन्डलाई २-० ले पराजित गरेको छ । समूह ‘ए’ को अघिल्लो खेलमा डर्टमुन्डले एटलेटिकोलाई फराकिलो अन्तरले पराजित गरेको थियो ।

डर्टमुन्डको अपराजित यात्रालाई पूर्णविराम दिने क्रममा एटलेटिकोले घरेलु मैदानमा पुरै समय दबाबमा नै राख्यो । पहिलो हाफको ३३ औं मिनेटमा साउल निगुएजले एटलेटिकोलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको ८० औं मिनेटमा एन्टोइन ग्रिज्मनले गोल थप्दै जारी सिजनको १५ खेलको अपराजित यात्रामा पूर्णविराम लागेको हो । पछिल्लो खेलमा डर्टमुन्डले एटलेटिकोलाई ४-० ले पराजित गरेको थियो ।
स्टार खेलाडी डिएगो गोडीन र कोकेबिना नै उत्रेको एटलेटिकोले समूहको अंक तालिकामा भने माथि उक्लन सकेन । समान ९-९ अंक बोकेका डर्टमुन्ड र एटलेटिकोमा जर्मन टोली हेड टु हेड नतिजामा भएन अगाडी छ । तेस्रो स्थानमा ४ अंक जोडेको क्लब ब्रुज छ भने पुछारमा थिएरी हेनरीको एएस मोनाको रहेको छ । मोनाकोले मंगलबार ब्रुजको मैदानमा ४-० को फराकिलो हार बेहोरेको हो ।
डर्टमुन्डले शनिबार जर्मन बुन्डेसलिगामा बायर्न म्युनिखको सामना गर्नेछ । च्याम्पियन्स लिगमा भने अब एटलेटिको र डर्टमुन्डले मोनाको र क्लब ब्रुजसँग खेल्नेछन् । दुवै टोलीको दोस्रो चरणमा पुग्ने सम्भावना लगभग तयजस्तो देखिन्छ ।
December 21, 2025
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]