7 years ago
November 7, 2018
एजेन्सी – स्पेनिस ला लिगाले इंग्लिस क्लब म्यानचेस्टर सिटी र फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेनलाई यूईएफएको आर्थिक नियमावली अवहेलना गरेको भन्दै कारवाही गर्नुपर्ने माग राखेको छ ।

जर्मनीको प्रतिष्ठित पत्रिका डेर स्पीगलका अनुसार सिटी र पीएसजीले प्रयोजन सम्झौतालाई जानाजान बढाएर यूईएफएको आर्थिक नियमवाली मिच्दै प्रतिवेदन सार्वजनिक गरेका छन् । रिपोर्टका अनुसार सन् २०१४ मा हाल फिफाको अध्यक्ष रहेका जियानी इन्फान्टिनो (तत्कालिन यूईएफए महासचिव) ले क्लबहरुलाई न्युनतम कारवाहीको लागि सम्झौता गरेको पनि आरोप लगाएको छ ।
सिटीले उक्त रिपोर्टलाई ‘प्रतिष्ठा गिराउन गरिएको दुष्प्रयास’ को संज्ञा दिंदै नकारेको छ भने पीएसजीले केहि जवाफ दिइसकेको छैन । स्पेनिस ला लिगाको सूचना अधिकारी जोरिस एभार्सले पीएसजी र सिटीले गरेको यस कदमलाई कारवाही गर्नुपर्ने माग राखेका छन् । ‘सिटी र पीएसजीले ठगि गरेको सूचना प्राप्त भएको छ । यूईएफएले यसलाई गम्भीरतापूर्वक लिएर कदम चाल्नुपर्छ । आफैं बनाएको फाइनान्सियल फेयर प्लेको नियमलाई केहि क्लबका बचाउका लागि पछाडी सार्नु हुन्न्, ‘ उनले भने ।
सन् २०१४ मा सिटीले नियमवाली विपरित कार्य गर्दा ४ करोड ९ लाख पाउण्ड जरिवाना तिर्नुपरेको थियो भने सन् २०१४-१५ मा च्याम्पियन्स लिग टोली संख्यालाई घटाइएको थियो । तर सिटीले त्यसपछि नयाँ प्रयोजन ल्याउने क्रममा चलाखी गरेर आफ्नै मालिकको कम्पनिसँग सम्झौता गरेको आरोप छ ।
December 21, 2025
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]