default_image

6 years ago

November 9, 2018

चेल्सीको कठिन जित

25 views

0 Bookmark

एजेन्सी – यूईएफए युरोपा लिग अन्तर्गत बिहीबार चेल्सीले बाटे बोरिसोभमाथि १-० को कठिन जित निकालेको छ । यस जितसँगै चेल्सी युरोपा लिगको नकआउट चरणमा प्रवेश गरेको छ ।

चेल्सीको जितमा ओलिभिएर जिरुडले ५२ औं मिनेटमा गरेको गोल निर्णायक सावित भयो । उनले एमर्सनको क्रसमा गोल गर्दै समूह एल मा चेल्सीको शत प्रतिशत नतिजा कायम राखे । जिरुडको यो चेल्सीका लागि ५ महिनापछि पहिलो गोल थियो । उनले प्रशिक्षक माउरिजियो सार्रीको आगमनपछि गोल गर्न सकेका थिएनन् ।

‘ म जिरुडको लागि खुसि छु । स्ट्राइकरहरु गोल गर्न चाहन्छन् । उनको हौसला बढाउन यो गोल निकै महत्त्वपूर्ण सावित हुनेछ,’ सार्रीले भने, ‘ म उनलाई गोलको संख्यालाई लिएर चिन्तित नहुन आग्रह गर्छु । उनले गोल नगरेपनि टोलीमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् ।’

चेल्सीले सन् २०१२ देखि पहिलोपटक लगातार ४ युरोपेली खेल जितेको हो । त्यसबेला चेल्सीले च्याम्पियन्स लिगको उपाधि जितेको थियो । यता माउरिजियो सार्रीले युरोप लिगमा खेलाएका सबै १० खेलमा जित दर्ता गरेका छन् । यसक्रममा उनले २८ गोल गर्दै जम्मा ४ गोल खाएका छन् ।

जितपछि चेल्सी अंक तालिकामा मोल भिडीभन्दा ६ अंकले अगाडी छ । भिडीले बिहीबार नै भएको खेलमा पाओकलाई १-० ले पराजित गरेको हो । चेल्सी ४ खेलमा १२ अंकसहित शीर्ष स्थानमा छ भने भिडीको ६ अंक रहेको छ । पाओक र बाटेको समान ३-३ अंक छ ।

May 14, 2024

लिभरपुल बराबरीमा रोकियो

एजेन्सी – जोन डुरानले खेलको अन्त्यतिर २ गोल गरेपछि इंग्लिस प्रिमियर लिगमा सोमबार लिभरपुल एस्टन भिल्लासँग ३-३ को बराबरीमा रोकिएको छ। लिगको‌ उपाधि दौडबाट बाहिरी सकेको लिभरपुलले २ पटकको अग्रतालाई जोगाउन सकेन। दोस्रो मिनेटमा डामिना मार्टिनेजले आत्मघाती गोल गरेपछि लिभरपुलले अग्रता लियो । १२ औं मिनेटमा योरी टेलिमान्सले वले वाटिकन्सको पासमा गोल गर्दै एस्टन भिल्लालाई […]

May 13, 2024

क्लब लाइसेन्स पाएसँगै चर्च ब्वाइजले एएफसी प्रतियोगिता खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी क्लब लाइसेन्स पाएसँगै चर्च ब्वाइज युनाइटेडले एएफसि प्रतियोगिता खेल्न बाटो खुलेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार घोषणा गरेसँगै गत सिजनको लिग विजेता चर्च ब्वाइजले महादेशीय प्रतियोगिता खेल्न योग्य भएको हो । एन्फाले सोमबार सार्वजनिक गरेअनुसार चर्च ब्वाइज युनाइटेड र त्रिभुवन आर्मी फुटबल क्लबले आवश्यक मापदण्ड पूरा […]

May 13, 2024

च्याम्पियन पिएसजीको हार

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) किलियन एमबाप्पेको गोलका बाबजुद पराजित भएको छ। फ्रान्सेली च्याम्पियन पिएसजी आइतबार टुलुजसँग ३-१ गोलले पराजित भएको हो । पिएसजी छोड्ने घोषणा गरिसकेका एमबाप्पेले खेलको आठौं मिनेटमा गोल गरेका थिए। तर टुलुजका थिज्स डलिङ्गाबाट १३ औं मिनेटमा बराबरी गोल फर्काए । यान गोबोहोको गोलबाट टुलुजले ६८ औं मिनेटमा अग्रता लिएको […]

Success

Thank you for your time.