default_image

7 years ago

November 11, 2018

रिउसको दुई गोलमा डर्टमुन्डले बायर्नलाई हरायो

85 views

0 Bookmark

एजेन्सी – दुई पटक पछाडी परेको अवस्थालाई उल्टाउँदै बोरुसिया डर्टमुन्डले जर्मन बुन्डेस्लिगा अन्तर्गत शनिबार साविक विजेता बायर्न म्युनिखलाई ३-२ ले पराजित गरेको छ ।

लिगको शीर्ष स्थानमा रहेको डर्टमुन्डसँग अन्तर घटाउने सुरमा पाहुना टोली बायर्नले खेलमा अग्रता लिएको थियो । बोरुसियाका पूर्व खेलाडी रोबर्ट लेवान्डोस्कीले २६ औं मिनेटमा गोल गर्दै अग्रता दिलाए । उनले क्रसमा ६ यार्ड बक्स भित्रबाट हेडरमार्फत गोल गर्दै अग्रता दिलाएका थिए । निकै प्रतिप्स्पर्धात्मक खेलको पहिलो हाफमा घरेलु टोली १-० ले पछाडी नै रहयो । दोस्रो हाफमा भने डर्टमुन्डले उत्कृष्ट पुनरागमन गर्यो ।

दोस्रो हाफको सुरुवातमै कप्तान म्यानुएल नोएरले रिउसलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि प्राप्त पेनाल्टीमा रिउसले कुनै गल्ति गरेनन् र खेल बराबरीमा आयो । त्यसको ५ मिनेट नबित्दै बायर्नले पुन अग्रता लियो । बायर्नका लागि लेवान्डोस्कीले पुन हेडर गोल नै गरे । ६७ औं मिनेटमा रिउसले गोल गर्दै खेल बराबरीमा ल्याए । र त्यसको केहि बेरमा नै बार्सिलोनाबाट लोनमा आएका पाको अल्कासेरले गोल गर्दै अग्रता दिलाए । खेलको अन्तिम मिनेटमा लेवान्डोस्कीले मौका पाएर गोल गरेपनि रेफ्रीले अफसाइड दिएका थिए ।

पछिल्लो ६ सिजन लगातार लिग उपाधिमा कब्जा जमाएको बायर्न ११ खेलको समाप्तिमा तेस्रो स्थानमा छ । शीर्षस्थानको डर्टमुन्डभन्दा बायर्न ७ अंकले पछाडी छ । बायर्नले ११ खेल २० अंक जोडेको छ भने डर्टमुन्डको ११ खेलमा २७ अंक छ । दोस्रो स्थानमा रहेको बोरुसिया मोन्चेन्ग्लाडबाकको ११ खेलमा २३ अंक छ ।

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

Success

Thank you for your time.