default_image

7 years ago

November 12, 2018

रोनाल्डोद्वारा हिगुअाइनको बचाउ

82 views

0 Bookmark

एजेन्सी – पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले सिरि ए अन्तर्गत अाइतबार युभेन्टस र एसी मिलानबिचको खेलमा रातो कार्ड पाएका मिलानका स्ट्राइकर गोन्जालो हिगुअाइनको बचाउ गरेका छन् ।

युभेन्टसका लागि रोनाल्डोसँगै अर्का फरवार्ड मारियो मान्जुकिचले १-१ गोल गर्दा युभेन्टस २-० ले विजयी रहेको थियो । तर विपक्षी फरवार्ड हिगुअाइनको लागि भने खेल सुखद रहेन । पूर्व क्लब युभेन्टसविरुद्ध उनले पेनाल्टीमा गोल गर्न नसक्दा बराबरी गर्ने मौका चुकाए । खेलको अन्तिम समयमा उनले दोहोरो पहेंलो कार्ड खाँदै मैदान छाड्नुपर्यो । उनले रेफ्रीसँग वादविवाद गर्दै मुखामुख गरेपछि रातो कार्ड पाएका थिए ।

रोनाल्डोले भने हिगुअाइनले अावेशमा त्यस्तो व्यवहार देखाएको र कडा कारवाहि नहोस् भन्ने अाशा रहेको बताएका छन् । ‘ मैले उनलाई संयमित हुन भनेको थिएँ । उनले अझै ठूलो कारवाही भोग्ने सम्भावना भएकाले मैले त्यसो भनेको हो,’ रोनाल्डोले थपे, ‘ उनी खेलमा पराजित भएकाले चिढीएका थिए । कहिलेकाही त्यसो हुन्छ र हामीले बुझेका छौं । अाशा छ उनलाई कडा कारवाही हुने छैन ।’

च्याम्पियन्स लिगमा म्यानचेस्टर युनाइटेडविरुद्ध पराजित भएपछि युभेन्टस राम्रो पुनरागमन गरेको छ ‌। रोनाल्डोले सात खेलमा छैटौं गोल गर्दै लयमा फर्केको संकेत दिएका छन् ‌। युभेन्टसले लिगको १२ खेलमा ३४ अंक जोड्दै उपाधि होडमा फराकिलो अग्रता कायम गरिसकेको छ ।

December 21, 2025

पिएसजी फ्रेन्च कपको अन्तिम ३२ मा

एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]

December 21, 2025

रियलको जित, एम्बाप्पेद्वारा रोनाल्डोको कीर्तिमानमा बराबरी

एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]

December 21, 2025

लिभरपुलको जित

एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]

Success

Thank you for your time.