7 years ago
November 12, 2018
काठमाडौं (हाम्रो खेलकुद) – जापानमा सन् २०२० मा हुने टोकियो ओलम्पिकको महिला फुटबलअन्तर्गत एसियाली क्षेत्रको प्रारम्भिक चरणको छनोटमा नेपालले मंगलबार बंगलादेशको सामना गर्दैछ । नेपाललाई छनोटको दोस्रो चरणमा प्रवेश गर्न बंगलादेशविरुद्ध जित दर्ता गरे पुग्नेछ ।

खेलको पूर्वसन्ध्यामा हाम्रो खेलकुदसँग बोल्दै नेपाली महिला राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक हरि खड्काले टोलीको मनोबल उच्च रहेको बताए । ‘ भारत र म्यानमार बलिया टोली हुन् । दुवै टोलीलाई हामीले बराबरीमा रोक्न सफल भयौं । हाम्रो योजना प्रत्यक खेलमा सफल भएको छ । दुवै खेलमा हामीले अग्रता कायम गर्यौं, यसले टोलीको मनोबल बढेको छ,’ प्रशिक्षक खड्काले भने । नेपालले पहिलो खेलमा भारत र दोस्रो खेलमा म्यानमारलाई १-१ को बराबरीमा रोकेको थियो । दुवै खेलमा नेपालले अग्रता लिएपनि पहिलो हाफमा नै बराबरी गोल पनि खाएको थियो ।
पछिल्लो खेलमा आक्रमणमा पाएको अवसर सदुपयोग गर्न नसकेपनि प्रशिक्षक खड्काले त्यसबारे चिन्ता नरहेको बताए । ‘ भारतविरुद्ध हाम्रो अग्रपंक्तिले राम्रो प्रदर्शन गरेको थियो । गोल पनि समयमै निस्केको थियो । म्यानमारविरुद्ध पनि सुरुवात उत्कृष्ट रहयो । सावित्राले पहिलो मिनेटमा नै डिफेन्सलाई समस्यामा पारिन् । तर त्यसपछि म्यानमारले डिफेन्समा थप कडाइ गरेपछि हाम्रो योजना सफल भयो,’ उनले थपे,’ हामीले काउन्टरमा केहि राम्रो अवसर सिर्जना पनि गर्यौं । म्यानमार जस्तो बलियो टोलीलाई हामीले केहि दबाबमा राख्नु राम्रो संकेत हो ।’

बंगलादेशविरुद्ध टोलीको लक्ष्य ३ अंक रहने उनले स्पष्ट पारे । ‘ हामी जित दर्ता गरे अर्को चरणमा पुग्नेछौं । भारत र म्यानमारले बंगालदेशविरुद्ध फराकिलो जित दर्ता गरेका छन् । हामी ३ अंक हासिल गर्ने लक्ष्य लिएर मैदानमा उत्रनेछौं,’ प्रशिक्षक खड्काले भने, ‘ हामीले बल पोसेसन राखेर राम्रो फुटबल खेलेका छौं । बंगलादेशविरुद्ध पनि त्यहि योजना हुनेछ । राम्रो फुटबल खेलेपछि गोल निस्कन्छ र नतिजा पनि । हामी स्पष्ट जितको लक्ष्य लिएर अगाडी बढ्नेछौं ।’
December 21, 2025
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]