7 years ago
November 13, 2018
लन्डन (एजेन्सी)– चेल्सीका स्टार इडन हाजार्डले आफु स्टामफोर्ड ब्रिजमै खुसी रहेको उल्लेख गर्दै विश्व कपका कारण केहि थकित महसुस गरिरहेको बताएका छन् । यद्दपी विश्व कपअघि देखि नै उनीले यो सिजन चेल्सी छाड्ने चर्चा चलिरहेको थियो । उनले पनि समय समयमा नयाँ क्लब जान चाहेको संकेत गरेका थिए ।
हाजार्डले रियल म्याड्रिड आफ्नो सपनाको क्लब भएको बताउँदै आएका छन् । क्रिस्टियानो रोनाल्डोले सिजनको सुरुवातमा रियल छाडेपछि त्यो क्लबले भित्राउन चाहेका मध्ये हाजार्ड पनि भएको बताइएको थियो । यद्दपी यी सबै चर्चाका बीच आफु चेल्सीमै खुसी रहेको बताएका छन् । उनले अहिले क्लब छाड्ने कुनै योजना नरहेको पनि प्रष्ट पारेका छन् ।
‘पछिल्लो सात वर्षदेखि म चेल्सीमा छु । मैले यहाँ जहिले पनि रमाइलो महसुस गरेको छु,’ हाजार्डले भनेका छन् , ‘म मैदानमा जहिले पनि खुसी हुने कोसिस गर्छु । पहिला आफै र त्यसपछि खेल हेरिरहेका समर्थकलाई खुसी पार्ने प्रयास गर्छु । अहिलेको क्षणमा हामीले राम्रो गरिरहेका छौं, मैले पनि राम्रै गरेको छु । त्यसैले पनि म यो समय खुसी छु । ‘
प्रिमियर लिगमा अहिले राम्रो गरिरहेको उल्लेख गरेका हाजार्डले प्रतियोगिताको व्यस्त तालिकाबाट अझै ठिक हुन नसकेको बताएका छन् । ‘विश्वास गर्नुस् म थकित छु । तर पनि म खेल्नका लागि ठिक छु, गत सिजन गोलीगाँठाको चोटका कारण तीन महिना आराम गरे । तर अहिले म ठिक छु, ‘२७ वर्षे हाजार्डले भने,’ हामी मैदानमा जति बेला खुसी हुन्छौं केहि न केहि राम्रो गर्ने कोशिस गरिरहेका हुन्छौं । म आफैमा रमाइरहेको छु । ‘
यो सिजन चेल्सीका लागि ११ खेलमा उनले ७ गोल गरिसकेका छन् । लिगमा उनी उच्च गोलकर्ताको दोस्रो स्थानमा छन् । म्यानचेस्टर सिटीका सर्जियो अगुइरो ८ गोलसहित प्रिमियर लिगको शीर्षस्थानमा छन् ।
December 21, 2025
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]