7 years ago
November 13, 2018
म्याड्रिड (एजेन्सी)– रियल म्याड्रिडका गोलकिपर थिबाउट कोर्टियसले आफु करिम बेन्जेमाको प्रदर्शनबाट खुसी रहेको बताएका छन् । स्पेनिस ला लिगामा आइतबार सेल्टा भिगोलाई रियलले ४–२ ले हराउँदा फ्रान्सेली बेन्जिमाले पनि गोल गरेका थिए ।
राम्रो गर्दा गर्दा पनि बेन्जेमा अनावश्यक ओलोचना खेल्नु परेको उल्लेख गर्दै कोर्टियसले भनेका छन्, ‘धेरैले उनको मेहनतको बेवास्ता गर्दै आलोचना गर्छन् । गोल नगरेको भन्दै सञ्चारमाध्यम र समर्थकले उनको धेरै आलोचना गरिरहेका हुन्छन् । तर उनले टोलीलाई निकै सहयोग गरेका छन् । मौका सृजना गरेका छन् । म त उनीसँग एकदमै खुसी छु ।’
बार्सिलोनासँगको एल क्लासिको ५–१ ले पराजित भएपछि रियलले जुलेन लोपेटेगुइलाई बर्खास्त गरेको थियो । त्यसपछि रियलले सान्टियागो सोलारीलाई अन्तरिम प्रशिक्षकका रुपमा नियुक्त गरेको छ । उनी अन्तरिम प्रशिक्षक भएसँगै रियलले लगातार ४ खेल जितेको छ । कोर्टियसले टोलीको जितले खेलाडीको मनोबल उच्च रहनेमा जोड दिएका छन् । ‘अघिल्ला खेलहरु हामीले चाहे जस्तो हुन सकेन,’ उनले भने, ‘हाम्रो स्तरमा परिवर्तन भएको छैन । टोलीमा परिवर्तन भएको छैन । तर लगातार जितले टोलीको मनोबल बढाएको छ ।’
कोर्टियसले क्लबका गोलकिपरको अवस्थाका बारेमा कुरा गर्दै अर्का गोलकिपर केलोर नाभाससँगको सम्बन्ध राम्रो रहेको बताएका छन् । ‘ प्रशिक्षकलाई रोज्न कठिन होस् भन्नेका लागि हरेक दिन हामी राम्ररी अभ्यास गरिरहेका हुन्छौं,’ उनले भने, ‘रियलमा हरेक पोजिसनमा स्तरीय खेलाडी छन् । त्यसैले धेरै प्रतिस्पर्धा छ । हामी एकअर्कासँग प्रतिस्पर्धा गरिरहेका हुन्छौं ।’
December 21, 2025
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]