default_image

7 years ago

November 13, 2018

‘पोग्बा नहुँदा युनाइटेडको मिडफिल्डमा समस्या’

83 views

0 Bookmark

म्यानचेस्टर (एजेन्सी)– पोउल पोग्बाको अनुपस्थितिले म्यानचेस्टर युनाइटेडको मिडफिल्डमा समस्या आउने र उनकै अनुपस्थिति डर्बीमा सिटीसँग हारको एउटा कारण रहेको म्यानचेस्टर युनाइटेडका पूर्व खेलाडी ग्यारी नेभिलले बताएका छन् । आइतबार म्यानचेस्टर डर्बीमा जोसे माउरिन्होको युनाइटेड सिटीसँग ३–१ ले पराजित भएको थियो ।

नेभिलका अनुसार यदि त्यो खेलमा पोग्बा हुन्थे भने त्यसले युनाइटेडलाई फाइदा पुग्न सक्थ्यो । चोटका कारण फ्रान्सेली पोग्बाले सो खेल गुमाएका थिए उनको ठाँउ माराउने फेलाइनीले लिएका थिए । पोग्बाको पास र भिजनका लागि स्तरीय मानिन्छन्, उनको अनुपस्थितिमा युनाइटेडले एउटा मात्र गोल गर्न सकेको थियो ।

खेलपछि युनाइटेडका पूर्व खेलाडी नेभिलले टोलीमा मिडफिल्डको महत्वका बारेमा बताएका थिए । ‘युनाइटेडका मिडफिल्डले बल अगाडि पास दिन सकेनन् । टोली प्रिमियर लिग उपाधि जित्न गइरहेको छैन । अगाडिका तीन खेलाडीमा लिभरपुल र सिटीमा जस्तो प्रभावकारिता देखिदैन,’ नेभिलले भने,’ अन्य टोली भन्दा युनाइटेड सबै पक्षमा पछाडि परिरहेको छ । अन्य टोली उपाधिका लागि प्रयास गरिरहेका छन्, तर त्यसको दाँजोमा युनाइटेड आसपास पनि छैन । ‘

पोग्बाको तारिफमा नेभिलले भने, ‘पोग्बा त्यस्ता एक खेलाडी हुन् । जो विश्वको कुनै पनि मैदानमा कुनै पनि खेलाडीका अगाडि खेल्न सक्छन् । उनी आफ्नो क्षमता र स्तरमा विश्वास राख्छन् । उनी टोलीलाई अगाडि बढाउने क्षमता राख्छन् । राम्रो पास खेल्न सक्छन् । ‘

पोग्बा नहुँदा आइतबारको खेलमा युनाइटेडलाई असर परेको उनको बुझाई थियो । ‘उनीले नखेल्दा युनाइटेडमा निकै ठूलो समस्या देखियो । नेमान्जा माटिच, फिलाइनी र आन्देर हरेराले कसरी खेल्छन् भन्नेमा म सोचिरहेको हुन्छु ,उनले थपे, ‘तर, उनीहरुले राम्रो गर्नसकेको छैनन् । पोग्बाविना फिका देखिएका छन् ।’

December 21, 2025

पिएसजी फ्रेन्च कपको अन्तिम ३२ मा

एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]

December 21, 2025

रियलको जित, एम्बाप्पेद्वारा रोनाल्डोको कीर्तिमानमा बराबरी

एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]

December 21, 2025

लिभरपुलको जित

एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]

Success

Thank you for your time.