7 years ago
November 13, 2018
काठमाडौं (हाम्रो खेलकुद) – टोकियो ओलम्पिक २०२० महिला फुटबल अन्तर्गत एएफसीको प्रारम्भिक छनोट प्रतियोगितामा मंगलबार दिउँसो नेपाल र बंगलादेश भिड्दैछन् । बंगलादेशलाई पराजित गरे नेपालले छनोटको दोस्रो चरणमा प्रवेश पाउनेछ । पहिलो सहभागितामै नेपालले छनोटको दोस्रो चरणको यात्रा तय गर्न लागेको हो । खेल नेपाली समयानुसार दिउँसो २:१५ बजे हुनेछ ।

हालसम्म सम्पन्न प्रतियोगिताको खेलमा नेपालले भारत र म्यानमारसँग १-१ को बराबरी गर्दै उत्कृष्ट सुरुवात लिएको छ । अन्य खेलमा भने बंगलादेशले पहिलो खेलमा म्यानमारसँग ५-० र भारतसँग ७-१ को भारी अन्तरले हार बेहोरेको छ । यस नतिजासँगै म्यानमार २ खेलमा ४ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ । समान अंक बोकेको भारत गोलअन्तरमा दोस्रो छ भने नेपाल तेस्रो स्थानमा छ । अंकविहिन बंगलादेश पुछारमा छ ।
नेपालले यसअघिका दुवै खेलमा अग्रता लिनुका बाबजुद गोल खाँदै बराबरी नतिजामा चित्त बुझाउनु परेको छ । भारतविरुद्ध कप्तान निरु थापाले ११ औं मिनेटमा गोल गर्दा कमला देवीले ३७ औं मिनेटमा बराबरी गोल फर्काइन् । दोस्रो खेलमा दोस्रो मिनेटमा नै सावित्रा भण्डारीको पेनाल्टी गोलमा अग्रता लिएको थियो । तर त्यसको १० मिनेट नबित्दै गोलरक्षक एन्जिला तुम्बापो सुब्बाले कर्नरमा आएको बललाई रोक्न नसक्दा म्यानमारले बराबरी गोल फर्कायो ।
खेलको पूर्वसन्ध्यामा हाम्रो खेलकुदसँग बोल्दै नेपाली महिला राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक हरि खड्काले टोलीको मनोबल उच्च रहेको बताए । ‘ भारत र म्यानमार बलिया टोली हुन् । दुवै टोलीलाई हामीले बराबरीमा रोक्न सफल भयौं । हाम्रो योजना प्रत्यक खेलमा सफल भएको छ । दुवै खेलमा हामीले अग्रता कायम गर्यौं, यसले टोलीको मनोबल बढेको छ,’ प्रशिक्षक खड्काले भने । नेपालले पहिलो खेलमा भारत र दोस्रो खेलमा म्यानमारलाई १-१ को बराबरीमा रोकेको थियो । दुवै खेलमा नेपालले अग्रता लिएपनि पहिलो हाफमा नै बराबरी गोल पनि खाएको थियो ।

पछिल्लो खेलमा आक्रमणमा पाएको अवसर सदुपयोग गर्न नसकेपनि प्रशिक्षक खड्काले त्यसबारे चिन्ता नरहेको बताए । ‘ भारतविरुद्ध हाम्रो अग्रपंक्तिले राम्रो प्रदर्शन गरेको थियो । गोल पनि समयमै निस्केको थियो । म्यानमारविरुद्ध पनि सुरुवात उत्कृष्ट रहयो । सावित्राले पहिलो मिनेटमा नै डिफेन्सलाई समस्यामा पारिन् । तर त्यसपछि म्यानमारले डिफेन्समा थप कडाइ गरेपछि हाम्रो योजना सफल भयो,’ उनले थपे,’ हामीले काउन्टरमा केहि राम्रो अवसर सिर्जना पनि गर्यौं । म्यानमार जस्तो बलियो टोलीलाई हामीले केहि दबाबमा राख्नु राम्रो संकेत हो ।’
बंगलादेशविरुद्ध टोलीको लक्ष्य ३ अंक रहने उनले स्पष्ट पारे । ‘ हामी जित दर्ता गरे अर्को चरणमा पुग्नेछौं । भारत र म्यानमारले बंगालदेशविरुद्ध फराकिलो जित दर्ता गरेका छन् । हामी ३ अंक हासिल गर्ने लक्ष्य लिएर मैदानमा उत्रनेछौं,’ प्रशिक्षक खड्काले भने, ‘ हामीले बल पोसेसन राखेर राम्रो फुटबल खेलेका छौं । बंगलादेशविरुद्ध पनि त्यहि योजना हुनेछ । राम्रो फुटबल खेलेपछि गोल निस्कन्छ र नतिजा पनि । हामी स्पष्ट जितको लक्ष्य लिएर अगाडी बढ्नेछौं ।’

ओलम्पिक छनोटमा भारतविरुद्ध गोल गरेपछि निरु थापा
नेपालले अग्रता लिएपनि त्यसलाई बचाउन नसक्दा ओलम्पिक छनोटमा जित दर्ता गर्न सकेको छैन । आक्रमणमा पाएको अवसर चुकाउँदा पनि नेपाल जितविहिन हुनु पारेको हो । यद्यपी भारत र म्यानमार नेपालभन्दा बलिया टोली हुन् । दुवै खेलमा बराबरी हुँदा पनि नेपालको छनोट हुने सम्भावना बलियो नै रहेको छ । अन्तिम खेलमा नेपालले बंगलादेशलाई पराजित गरेमात्र पनि दोस्रो चरणमा पुग्नेछ ।
प्रत्यक समूहको शीर्ष २ टोली र तेस्रो हुने उत्कृष्ट दुई टोली दोस्रो चरणमा छनोट हुने एन्फाले जनाएको छ । यससँगै नेपालले बंगालदेशलाई पराजित गरेमा शीर्ष दुई अथवा तेस्रो स्थानको उत्कृष्ट दुईमा पर्ने पक्का भएको छ । बंगलादेशलाई हराए नेपाललाई समूह उपविजेता बन्न म्यानमार र भारतको खेलमा जित-हारको नतिजा आउनुपर्ने आवश्यकता छ भने भारत-म्यानमार गोलरहित बराबरी भएको खण्डमा नेपाल समूह विजेता हुनेछ । तर नेपालले बंगलादेशलाई भने पराजित गर्नैपर्छ । बंगलादेशले पनि नेपाललाई पराजित गरे दोस्रो चरणमा पुग्ने सम्भावना रहन्छ ।

सन् २०२० मा हुने टोकियो ओलम्पिक छनोटमा १८ देशको सहभागिता छ । सहभागी टिमलाई ४ समूहमा विभाजन गरिएको छ । भिएतानाम र उज्जेकिस्तान वरियताका आधारमा दोस्रो चरणका लागि छनोट भैसकेका छन् । हरेक समूहका शीर्ष दुई टोली र अन्य दुई उत्कृष्ट तेस्रो हुने टोली दोस्रो चरणमा प्रवेश गर्नेछन् । दोस्रो चरणका खेलहरु अप्रिलमा हुनेछ ।
दोस्रो चरण छनोटबाट तीन टोली तेस्रो चरणमा प्रवेश गर्नेछन् । तेस्रो चरणमा ८ टिमबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो चरणका तीन विजेतासँगै अष्ट्रेलिया, चीन, थाइल्याण्ड, दक्षिण कोरिया र उत्तर कोरियाले तेस्रो चरणमा प्रतिस्पर्धा गर्नेछन् । दुई समूहका उत्कृष्ट दुई टोलीले चौथो चरणमा स्थान बनाउनेछन् । चौथो चरण प्रवेश गर्न सफल चार टोलीलाई दुई समूहमा विभाजन गरी होम एण्ड अवेको आधारमा प्रतिस्पर्धा गराइनेछ । जसबाट विजयी हुने दुई टिम ओलम्पिकका लागि छानिनेछन् ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]