7 years ago
November 13, 2018
काठमाडौं (हाम्रो खेलकुद) – भारतको गुवाहटीमा हुने अन्तर्राष्ट्रिय भेट्रान फुटबल प्रतियोगिताको लागि नेपालको सिएमजी भेट्रान क्लबको टोली बुधबार त्यसतर्फ प्रस्थान गर्ने भएको छ ।

सिएमजी क्लब नेपालले मंगलबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै टिमलाई बिदाई गरे । २० सदस्यीय नेपाली टोलीलाई सिएमजी क्लबका प्रवन्ध निर्देशक नरेन्द्र साह र पूर्व राष्ट्रिय खेलाडी तथा ‘ए’ डिभिजन लिगका संयोजक विज्ञानराज शर्माले विदाई गरे । सिएमजीका प्रवन्ध निर्देशक नरेन्द्र साहले खेलाडीलाई जितको शुभकामना दिदै भेट्रान टोलीलाई आफु रहेसम्म सहयोग गरि रहने प्रतिबद्धता व्यक्त गरे ।
अखिल नेपाल फुटबल संघ (एन्फा) का लिग समितिका संयोजक विज्ञानराज शर्माले राम्रो खेल्दै च्याम्पियन बनेर आउन शुभकामना दिए । भेट्रान टोलीका कप्तान तथा नेपाली राष्ट्रिय टिमका पुर्व कप्तान उपेन्द्र मान सिंहले भेट्रान टोलीको तयारी राम्रो रहेको बताए । ‘टिममा विगतदेखि सँगै खेल्दै आएका साथीहरु छन् । यही प्रतियोगिताको लागि हामीले यु–१६ टोली र महिला राष्ट्रिय टिमसँग पनि अभ्यास खेल खेल्यौ,’ कप्तान सिंहले भने, ‘सानै देखि फुटबलमा लागियो । जानेकै यही हो । भेट्रान प्रतियोगिता मनोरन्जनसँगै स्वस्थको लागि पनि फाइदाजनक छको लागि पनि फाइदाजनक छ । हामी च्याम्पियन बनेर नै आउनेछौं ।’
युनाइटेड ब्रदर्श क्लबको आयोजनामा हुन लागेको पाँचौ संस्करणको भेट्रान फुटबल प्रतियोगिता १५ नोभेम्वरबाट १८ नोभेम्वरसम्म चल्नेछ । प्रतियोगितामा नेपालसहित, भारतको मनिपुर, कोलकत्रा, नयाँ दिल्ली, भुटान र बंगलादेशको भेट्रान टोली गरी ८ टोलीको सहभागिता रहनेछ । लिग कम नकआउटका आधारमा हुने प्रतियोगितामा सहभागी ८ टोलीलाई २ समुहमा विभाजन गरिनेछ । दुई समुहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछ । प्रतियोगिताको विजेताले ५० हजार र दोस्रो हुनेले ३० हजार रुपैया प्राप्त गर्नेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्ताले आकर्षक उपहार प्राप्त गर्नेछ ।
नेपाली टोली:
उपेन्द्रमान सिंह (कप्तान), राजेश मानन्धर, बाल गोपाल महर्जन, राकेश श्रेष्ठ, नवीन पाण्डे, दिनेश व्यन्जनकार, चेत नारायण श्रेष्ठ, शुक्र तामाङ, रविन मान व्यन्जनकार, विजय श्रेष्ठ, एस्ट कुमार कवे, सुविन शाक्य, कर्मा छिरिङ गुरुङ, आकाश गुरुङ, उज्वल श्रेष्ठ, छन्नुराम चौधरी, सरोज कुमार थापा (क्षेत्री), नरोत्तम गौतम, सन्जित सिंह र विजय शाही ।
December 21, 2025
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]