7 years ago
November 15, 2018
काठमाडौं (हाम्रो खेलकुद) – टोकियो २०२० अोलम्पिकको एएफसी महिला फुटबल छनोट प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेको नेपाली महिला राष्ट्रिय फुटबल टोली अाज स्वदेश फर्कदैछ । टोली दिउँसो १२:२० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्ने कार्यक्रम रहेको छ ।

झन्डै डेढ महिना प्रशिक्षण गरेर चीनमा ३ मैत्रीपूर्ण खेल खेल्दै प्रतियोगिता सुरु हुनुभन्दा केहि दिन अगाडी म्यानमार पुगेको नेपाली टोली प्रतियोगितामा अपराजित रहयो । नेपालले समूहका तीनै प्रतिद्वन्द्वीविरुद्ध १-१ को बराबरी खेल्यो । सबै खेलमा नेपालले अग्रता पनि लिएको थियो । समूहको तेस्रो स्थानमा रहनुको बाबजुद पनि नेपाली टोली उत्कृष्ट दुई तेस्रो टोलीमा अटाउँदै दोस्रो चरणमा प्रवेश गरेको हो ।
नेपाल सम्मिलित समूह सी बाट म्यानमार समूह विजेताको रुपमा अगाडी बढेको छ । पहिलो खेलमा बंगलादेशलाई ५-० ले पराजित गरेको आयोजक म्यानमारले दोस्रो खेलमा नेपालसँग १-१ को बराबरी खेल्यो । अन्तिम खेलमा मंगलबार भारतलाई २-१ ले हराउँदै म्यानमार ३ खेलमा ७ अंकसहित समूह विजेता बनेको हो । यता नेपालसँग १-१ को बराबरी खेल्दै प्रतियोगिता सुरुवात गरेको भारतले दोस्रो खेलमा बंगलादेशलाई ७-० ले पराजित गर्दै ३ खेलमा ४ अंकसहित दोस्रो स्थान हासिल गर्यो । नेपाल ३ खेलमा ३ अंक जोड्दै तेस्रो र बंगलादेश १ अंकसाथ चौथो भयो ।

छनोट प्रतियोगिताको ८ समूहबाट प्रत्यक समूहका शीर्ष दुई टोली र उत्कृष्ट २ तेस्रो स्थानको टोली अर्को चरणमा पुग्ने प्रावधान रहेको छ । समूह ए बाट चाइनिज ताइपेइ र फिलिपिन्स अगाडी बढ्दा समूह बी बाट इरान् र हङकङले दोस्रो चरणमा स्थान सुरक्षित गरे । समूह डी बाट जोर्डन र इन्डोनेसिया दोस्रो चरणमा पुगेका छन् । यसै समूहको अन्तिम खेलमा प्यालेस्टाइनले माल्दिभ्सलाई २-१ ले पराजित गर्दै उत्कृष्ट तेस्रो टोलीको दोस्रो स्थानमा रहेर दोस्रो चरणमा छनोट भएको हो ।
अब छनोट भएका यी १० टोलीले उज्बेकिस्तान र भिएतनामसहित दोस्रो चरणको छनोट प्रतियोगिता खेल्नेछन् । सन् २०१९ अप्रिल पहिलो साता तोकिएको उक्त प्रतियोगितामा तीन समूह हुनेछ । प्रत्यक समूहको शीर्ष टोलीले छनोटको तेस्रो चरणमा स्थान बनाउने छन् । छनोटको तेस्रो चरणमा यी तीन राष्ट्रले अष्ट्रेलिया, चीन, उत्तर कोरिया, दक्षिण कोरिया र थाईल्यान्डसँग खेल्नेछन् । त्यस प्रतियोगिताबाट दुई टोली ओलम्पिकमा छनोट हुनेछन् ।
ओलम्पिक छनोटको तयारीमा रहेको नेपाली टोलीको प्रशिक्षण भिडियो :
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]