7 years ago
November 15, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला फुटबल टोलीका प्रशिक्षक हरि खड्काले महिला राष्ट्रिय फुटबल टोलीको अबको लक्ष्य साफ च्याम्पियन बन्ने बताएका छन् ।

बिहीबार म्यानमारमा भएको एएफसीअन्तर्गत ओलम्पिक छनोटको प्रारम्भिक चरणबाट दोस्रो चरणमा छनोट भएपछि स्वदेश फर्कने क्रममा प्रशिक्षक खड्काले यस्तो अभिव्यक्ति दिएका हुन् । ‘खेलाडीको मेहनतले ओलम्पिक छनोटको दोस्रो चरणमा पुगेका छौं । अब नेपालमै आयोजना साफ च्याम्पियन बन्ने लक्ष्यमा छौं,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीमा प्रशिक्षक खड्काले भने, ‘एसियन ओलम्पिक छनोटमा पहिलो प्रतियोगिता, त्यसमै दोस्रो चरण पुग्न सफल भएका छौं । यसले खेलाडीको मनोवल उच्च भएको छ । यो ऐतिहासिक सफलताले आउने जेनेरसनलाई फाइदा पुग्नेछ ।’
प्रशिक्षक खड्काले नेपाली महिला टोली दक्षिण एसियामा सम्भावना बोकेको टोली रहेको बताए । ‘दक्षिण एसियामा नेपालको महिला फुटबल टिम सम्भावना बोकेको टिम हो । हामीभन्दा भारत शारीरिक रुपमा बलियो रहेपनि प्राविधिक रुपमा नेपाल अघि नै छ । तर, खेलाडीमा भारत बलियो टोली हो भन्ने मानसिकता छ,’ खड्काले भने, ‘मैले खेलाडीहरुको मानसिकता परिवर्तन गर्ने प्रयास गरे । यसले म्यानमारमा भारतलाई रोक्न सफल भएको जस्ता लाग्छ, बराबरीले खेलाडीको मनोबल उच्च भएको छ । यही मनोवलले खेल्ने हो भने नेपालले साफ च्याम्पियनसिपमा राम्रो नतिजा निकाल्नेछ ।’

खड्काले एन्फाले महिला टिमलाई बढी फोकस र लगानी गरे अन्य प्रतियोगितामा ठूलो टिमसँग प्रतिस्पर्धा गर्न सक्षम रहेको समेत बताए । ‘हाम्रो लक्ष्य साफ च्याम्पियनसिप नै हो । ओलम्पिकका लागि दोस्रो चरणमा पुगेका छौं । यो ऐतिहासिक क्षण हो । दोस्रो चरणमा हामीले राम्रो टोलीसँग खेल्दै धेरै कुराहरु सिक्नेछौं । त्यो भन्दा अघि हाम्रो ध्यान साफ च्याम्पियसिपकै लागि हुनेछ । हामी निरन्तर प्रशिक्षणमै रहनेछौं,’ खड्काले थपे ।
साफ महिला च्याम्पियनसिप डिसेम्बरमा आयोजना गर्ने साफको तयारी छ । श्रीलंकाले आयोजना गर्ने भनिएपनि अन्तिम समयमा नाम फिर्ता लिएपछि प्रतियोगिता आयोजनाको लागि नेपालले दावेदारी प्रस्तुत गरेको छ । नेपालले प्रतियोगिता आयोजनाका लागि विराटनगरमा खेलाउने प्रस्ताव साफमा प्रस्तुत गरिसकेको छ । साफले एकपटक निरीक्षण सम्पन्न गरेर अब छिट्टै औपचारिक निर्णय गर्ने एन्फा स्रोतले जानकारी दियो ।
टोलीलाई स्वागतको भिडियो हेर्नुहोस् :
स्वागतको फोटोहरु हेर्नुहोस् :
https://www.facebook.com/media/set/?set=a.1755311091245218&type=1&l=482fbbdf06
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]