default_image

7 years ago

November 16, 2018

भोलीदेखि ए डिभिजन लिग सुचारु, दोस्रो चरणमा कोको खेल्दै?

116 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – पल्सर साहिद स्मारक ए डिभिजन लिग अन्तर्गत दोस्रो चरणका खेलहरु शनिबारदेखि सुरु हुँदैछन् । दशैंअघि पहिलो चरणको खेल सकिएपछि स्थगित लिग शनिबारदेखि सुचारुहुन लागेको हो ।

शनिबार लिगअन्तर्गत दुई खेल हुनेछन् ।  हल्चोकस्थित सशस्त्र प्रहरी बलको एपीएफ रंगशालामा हुने पहिलो खेलमा मनाङ मर्स्याङदी क्लब र न्यू रोड टिम (एनआरटि) भिड्नेछन् । दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब र च्यासल युथ क्लब भिड्नेछन् ।  च्यासल र आर्मीको खेललाई दोस्रो चरणको मुख्य खेलको रुपमा पनि हेरिएको छ । राष्ट्रिय टोलीका खेलाडीको बाहुल्यता रहेको यी दुई टोलीले आफ्नो पहिलो खेलमा बराबरी खेलेका थिए ।

हरेक दिन पहिलो खेल ११ बजे र दोस्रो खेल २:३० बजे सुरु हुनेछ । आइतबारका दुवै खेल एन्फा कम्प्लेक्समा हुनेछन् । पहिलो खेलमा मछिन्द्रले नेपाल पुलिस क्लबसँग खेल्नेछ । दोस्रो खेलमा दुई ललितपुरे क्लब थ्री स्टार र ब्रिगेड ब्वाइज आमनेसामने हुनेछन् । सोमबार तीन खेल हुनेछ । पहिलो खेल एन्फा कम्प्लेक्समा जावलाखेल र संकटाबीच हुनेछ । एन्फामै हुने दोस्रो खेलमा फ्रेन्ड्स र एपीएफ भिड्नेछन् । हल्चोकमा हुने २:३० बजेको खेलमा सरस्वति र हिमालयन शेर्पा खेल्नेछन् ।

एन्फाले हाल दशौं चरणको खेलसम्म मात्र खेल तालिका सार्वजनिक गरेको छ । त्यसपछिका बाँकि तीन चरणको खेल तालिका भने पछि सार्वजनिक हुनेछ । पहिलो चरणको खेल सकिंदा उपाधि दावेदार मानिएका मनाङ, थ्री स्टार र पुलिसले विजयी सुरुवात गरेका छन् । संकटाले पनि अन्तिम मिनेटको गोलसँगै ३ अंक जोडेको छ । उपाधि होडमा दावेदारी प्रस्तुत गरेका आर्मी र च्यासलले आ-आफ्नो खेलमा अंक बाँडेका थिए ।

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

Success

Thank you for your time.