default_image

7 years ago

November 16, 2018

‘आर्मीविरुद्ध जितको लागि नै खेल्छौं’ – च्यासलका प्रशिक्षक शाक्य

129 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत शनिबार हुने दोस्रो चरणको खेलमा त्रिभुवन आर्मी क्लब र च्यासल युवा क्लब भिड्दैछन् । खेल हल्चोकस्थित एपीएफ रंगशालामा दिनको २:३० बजे सुरु हुनेछ ।

लिगको पहिलो चरणमा च्यासलले अपेक्षित सुरुवात गर्न सकेन । मछिन्द्रसँग गोलरहित बराबरीमा रोकिँदा च्यासलका हेमन्त थापामगरले पेनाल्टीमा गोल गर्न चुकेका थिए । आर्मी पनि पहिलो खेलमा बराबरीमा नै रोकिएको थियो । आर्मीका मिडफिल्डर सन्तोष तामाङले इन्ज्युरी समयमा फ्रिकिक गोल गरेपछि एनआरटीविरुद्ध २-२ को बराबरी गर्न सफल भएको थियो । त्यसअघि पनि आर्मी खेलमा पछाडी पर्दा सन्तोषले पेनाल्टीमार्फत नै बराबरी गोल फर्काएका थिए ।

आर्मी दशैं र तिहारको बिचमा प्रशिक्षणमा नै व्यस्त रहयो । यता च्यासलले भने नवलपरासीमा आयोजित राइनो गोल्डकपमा सहभागिता जनायो । ए डिभिजनको उपाधि आकांक्षी पुलिसलाई फाइनलमा टाइब्रेकरमा पराजित गर्दै च्यासलले उपाधि नै जित्यो । तर च्यासलले बुधबार सेमिफाइनल खेलेपछि बिहीबारै फाइनल खेलेको थियो । शुक्रबार साँझ मात्र राजधानी आइपुगेको टोलीले शनिबार आर्मीको सामना गर्दैछ ।

च्यासलका प्रशिक्षक राजुकाजी शाक्य टोलीमा केहि थकान भएपनि टोली जितको लागि नै खेल्ने बताए । ‘ हामीले हिजो र अस्ति लगातार खेल खेल्यौं । आज पनि हामी यात्राकै क्रममा रहयौँ । खेलाडी थकित छन् तर जितको लागि कुनै कसर छाड्दैनौं,’ उनले भने । प्रतियोगिताको उपाधि जित्नुले टोलीलाई केहि हौसला बढेको उनले बताए ।

शाक्यले पहिलो खेलमा बराबरीमा रोकिएपनि खासै घाटा नहुने बताए । ‘लिगको पहिलो खेल कठिन नै हुने थाहा थियो । अवसर पनि पाएका थियौं तर जित निकाल्न सकेनौं । पहिलो खेल भएकाले खासै असर नपर्ला, अन्य खेलमा राम्रो नतिजा निकालेर त्यसलाई पूर्ति गर्न तत्पर छौं,’ उनले भने ।

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

Success

Thank you for your time.