default_image

7 years ago

November 16, 2018

शाहुखल ए डिभिजन लिग खेल्न जापानबाट फर्किए

111 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड सन्तोष शाहुखल ए डिभिजन लिग खेल्न नेपाल फर्किएका छन् । उनले च्यासलबाट ए डिभिजन लिगमा पुनरागमन गर्ने छन् ।

पछिल्लोपटक राष्ट्रिय लिगमा रुस्लान थ्री स्टार क्लबका लागि खेलेका सन्तोषले त्यसबीच नेपाल आएर मोफसलका केहि प्रतियोगितामा मनाङ मर्स्याङदी क्लबको जर्सी पनि पहिरिएका थिए । घरेलु फुटबलमा सर्वाधिक गोलकर्ता रहेका सन्तोषले लिग फुटबलमा १ सय गोल पुरा गरिसकेका छन् । उनले थ्री स्टार, एपीएफ र मनाङबाट लिग खेलेका छन् ।

प्रशिक्षक राजुकाजी शाक्यले सन्तोष च्यासलमा आबद्ध भएपनि शनिबार हुने आर्मीविरुद्ध खेलमा उपलब्ध हुने नहुनेबारे भने खुलाउन चाहेनन् । ‘ उनी टोलीमा आएका छन् तर आर्मीविरुद्ध खेलाईहाल्ने हो वा होइन भन्ने अहिले भन्न सकिन्न । हामीले यसबारे भोलि नै निर्णय लिनेछौं,’ शाक्यले भने ।

सन्तोषले राष्ट्रिय टोलीमा पछिल्लोपटक सन् २०१५ मा भएको फिफा विश्वकप छनोटमा खेलेका थिए । उनले भारतविरुद्धको दोस्रो लेगको खेल सुरुवाती रोजाईबाट खेलेका थिए । त्यसपछि उनी टोलीमा अटाएका छैनन् । उक्त खेलमा विमल घर्तिमगर र सन्तोषले नेपालको अग्रपंक्ति सम्हालेका थिए । च्यासलमा पनि विमल र सन्तोष नै फरवार्ड रहनेछन् । च्यासलले मनाङका पूर्व फरवार्ड चीकोलाई यसअघि नै टोलीमा भित्र्याएको छ ।

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

Success

Thank you for your time.