6 years ago
November 17, 2018
काठमाडौं (हाम्रो खेलकुद)– टोकियो ओलम्पिक (सन् २०२०) को महिला फुटबलअन्तर्गत एसियाको प्रारम्भिक छनोट चरण पार गर्न सफल नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले केहि दिनमा नगद पुरस्कार सहित सम्मान गर्ने भएको छ ।
महिला टोलीको सम्मानमा दरबारमागको किङ्स लाउन्जले शुक्रबार आयोजना गरेको सम्मान एवंम् रात्रीभोजमा एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले एतिहासिक सफलता प्राप्त गर्ने टोलीलाई एन्फाले केहि दिनमा पुरस्कृत र सम्मान गर्ने जानकारी दिए ।
‘नेपाली टोली र हरि खड्काको नेतृत्वमा रहेको प्रशिक्षण टोलीलाई धेरै धेरै बधाई छ,’ उनले भने, ‘केहि दिनमा एन्फाले के कस्तो पुरस्कार र सम्मान गर्ने भन्ने विषयमा निर्णय गर्नेछ । अब नेपाली टोलीले डिसेम्बरमा हुने साफ च्याम्पियनसिपको तयारीमा जुट्नु पर्नेछ ।’
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त उपाध्यक्ष पिताम्बर तिम्सिना, एन्फा अध्यक्ष शेर्पा, किङ्स लान्जका अध्यक्ष राजकुमार श्रेष्ठलगायतले नेपाली महिला टोलीका खेलाडी, प्रशिक्षण टोली, व्यवस्थापक, फिजियो र टोली नेतालाई खादाले सम्मान गरेका थिए ।
छनोटको समूह ‘सी’ मा रहेको नेपाल समूहमा अपराजित रहँदै बिहीबार स्वदेश फर्केको थियो । नेपालले भारत, म्यानमार र बंगलादेशसँग समान १–१ गोलको बराबरी खेलेको थियो । नेपाल उत्कृष्ट तेस्रो टोलीको रुपमा दोस्रो चरणमा प्रवेश गर्न सफल भएको थियो । उक्त समूहबाट समूहबाट म्यानमार समूह विजेता तथा भारत समूह उपविजेताको रुपमा दोस्रो चरणमा प्रवेश गर्न सफल भयो ।
तिम्सिनालाई स्वागत
सोही अवसरमा किङ्स लाउन्जले राखेप उपाध्यक्षमा नियुक्त भएकोमा तिम्सिनालाई स्वागत गर्दै बधाई दिएको छ । तिम्सिना केहि दिनअघि दोस्रो पटक राखेप उपाध्यक्ष नियुक्त भएको हुन् । उनले आफु खेलकुद विकासमा लागि पर्ने वचन दिएका छन् । उनले नेपाली टोली, प्रशिक्षण टोली र एन्फालाई महिला टोलीले प्राप्त गरेको सफलताका लागि बधाई दिएका थिए ।
महिला टोलीलाई बधाई दिदै नेपाल खेलकुद पत्रकार मञ्चका अध्यष महेश आचार्यले अबको बाटो अझै चुनौतिपूर्ण रहेकोले थप सफलताका लागि शुभकामना दिए । उनले राखेप र एन्फा राज्यकै संयन्त्र भएकाले खेलाडी र खेलकुद विकासका लागि गरेका वाचा पुरा गर्न सचेत गराएका थिए ।
December 15, 2024
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बार्यन म्युनिखले शनिवार सिजनको पहिलो हार बेहोरेको छ। भिन्सेन्ट कम्पोनीको टोली बार्यन माइन्जसँग २-१ ले पराजित भएको हो। माइन्जका लागि दुवै गोल दक्षिण कोरियाली फरर्वाड लि जे सुङले गरे । बार्यनका लेरोय सानेले गोल गरे। रक्षापंक्तिको कमजोरीको फाइदा उठाउँदै सुङले ४१ औं मिनेटमा पहिलो गोल गरे । ६० औं मिनेटमा […]
December 15, 2024
एजेन्सी – इंग्लिस प्रिमियर लिगमा शनिवार शीर्षस्थानको लिभरपुल र तेस्रो स्थानको आर्सनलले अलग अलग खेलमा बराबरी खेलका छन् । खेलको अन्त्य तिर गोल फर्काउँदै लिभरपुल फुलह्यामसँग हारबाट जोगिएको हो । आर्सनलले एभर्टनसँग गोलरहित बराबरी खेलेको छ। १० खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको लिभरपुल दुई पटक खेलमा पछि परेर पनि बराबरी गर्न सफल रह्यो। लिभरपुलका […]
December 15, 2024
एजेन्सी – रियल म्याड्रिड स्पेनिस ला लिगामा शनिवार रातो भालेसानोसँग ३-३ को बराबरीमा रोकिएको छ । बार्सिलोनासँग अंक बराबरी गर्दै शीर्ष स्थानमा जाने मौकालाई रियलले चुकाएको छ । खेलमा भालेसानोले २-० को अग्रता जोगाउन सकेन । भालेसानोका उनाइ लोपेज, अब्लुद मुमिन र इसी पालेजोन तथा रियलका फेडरिको भाल्भेर्डो, जुड बेलिङघम र रोड्रिगोले गोल गरे । लोपेजले […]