default_image

7 years ago

November 17, 2018

सुजलबिनाको मनाङ एनआरटीसँग खेल्दै

135 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत शनिबारदेखि दोस्रो चरणका खेल सुरु हुँदैछन् । हल्चोकस्थित एपीएफ रंगशालामा शनिबार दुई खेल हुनेछन् ।

पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लबले मनाङ मर्स्याङदी क्लबको सामना गर्दैछ । विहान ११ बजे हुने खेलमा मनाङका लागि मिडफिल्डर एवं उपकप्तान सुजल श्रेष्ठ चोटका कारण उपस्थित रहने छैनन् । उनी बुधबार प्रशिक्षणका क्रममा लड्दा हातमा चोट लागेपछि ६ साताका लागि विश्राममा रहेका छन् ।

मनाङले सुजल घाइते हुने अघिल्लो दिनमात्र विंगर प्रकाश बुढाथोकीलाई टोलीमा आबद्ध गरेको थियो । यसबाहेक मनाङमा दिपक राई, अन्जन विष्ट, हेमन गुरुङ, विशाल राइसँगै विदेशी फरवार्डद्वय ओलावाले आफिज र आडेलाजा सोमिडे पनि छन् ।

प्रशिक्षणमा चोट बोकेपछि सुजल

मनाङलाई डिफेन्सले पनि केहि समस्या दिन सक्छ । पहिलो खेलमा विमल बस्नेत र सुरज विकलाई उतारेको मनाङले विमलको साथ् गुमाएको छ । उनी व्यक्तिगत कारणले हाल अष्ट्रेलियामा छन् । गोलरक्षक विशाल श्रेष्ठ लयमा छन् र उनले नै टोलीको डिफेन्सको कमजोरीलाई आफ्नो बलियो प्रदर्शनले बढावा दिनेछन् । कप्तान विराज महर्जनले पहिलो खेल चोटका कारण गुमाएका थिए । उनी यस खेलका लागि भने उपलब्ध हुनेछन् ।

यता एनआरटीका भने पहिलो खेलमा आर्मीलाई बराबरीमा रोकेपछि उच्च लयमा रहेको छ । आक्रमणमा तीव्र गतिका खेलाडी हुनुले विपक्षी डिफेन्सलाई केहि समस्या हुन सक्छ । युवा जोशले भरिएको एनआरटीले पहिलो खेलमा आर्मीविरुद्ध अन्तिम मिनेटमा बराबरी गोल खाएको थियो । प्रशिक्षक महेश्वर मुल्मीले ठूला टोलीविरुद्ध आक्रामक भएर खेल्दा नतिजा आउने भएकाले मनाङविरुद्ध पनि आर्मीविरुद्ध झैं खेल्ने बताए ।

फाइल: तस्वीर

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

Success

Thank you for your time.