default_image

7 years ago

November 17, 2018

ए डिभिजन लिग : अार्मीले च्यासललाई हरायो

97 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत शनिबारको दोस्रो खेलमा त्रिभुवन अार्मी क्लबले च्यासल युवा क्लबलाई १-० ले पराजित गरेको छ ।

अार्मीका लागि युवा डिफेन्डर विकास खवासले अग्रता दिलाए । उनले सन्तोष तामाङको कर्नरमा २७ अौं मिनेटमा हेडरमार्फत गोल गरेका थिए । खेलमा अार्मीले दवाव बनाएपनि गोल थप्न भने सकेन । च्यासलले पनि काउन्टरमा केहि अवसर सिर्जना गरेको छ ।

१४ अौं मिनेटमा च्यासलका अमिर श्रेष्ठको प्रहार गोलरक्षक विकेश कुथुले पन्च गरेका थिए । त्यसयता च्यासलको प्रहारले पोस्टको दिशा दिन सकेको छैन । अार्मीका लागि भने सन्तोषको फ्रिकिक गोलरक्षक दिनेशले बचाएका थिए ।

पहिलो हाफको अन्त्यतिर कप्तान भरत खवासले अग्रता दोब्बर पार्ने अवसर गुमाए । पेनाल्टी क्षेत्रभित्रबाट उनले गरेको प्रहारले पोस्टको दिशा लिन सकेन । अार्मीले पहिलो हाफमा १-० को अग्रता लिएको थियो ।

दोस्रो हाफको सुरुवातमै च्यासलले अवसर सिर्जना गरेको थियो । सन्तोष साहुखलको फ्रिकिकलाई ४९ अौं मिनेटमा विकेशले पन्च गरिदिए । ७८ अौं मिनेटमा सन्तोषकै हेडरलाई विकेशले सुन्दर बचाउ गर्दै अग्रता कायम राखे ‌। त्यसबीचमा अार्मीले अग्रता दोब्बर पार्ने अवसर चुकायो ।

अार्मीले ६४ अौं मिनेटमा अग्रता दोब्बर पार्ने अवसरको सदुपयोग गर्न सकेन । गोलरक्षक बिट भइसकेको अवस्थामा दीनेश हेन्जनको प्रहारलाई च्यासलका कप्तान देवेन्द्र तामाङले गोललाइनबाट बचाए । त्यसको पाँच मिनेटपछि दीनेशकै हेडरलाई अर्का डिफेन्डर गौरव बुढाथोकीले गोललाइनबाट बचाए ।

जितसँगै अार्मीले लिगमा पहिलो जित दर्ता गरेको छ । अार्मीको २ खेलमा ४ अंक छ भने च्यासलको २ खेलमा १ अंक छ ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.