7 years ago
November 17, 2018
काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत शनिबार दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबले च्यासल युथ क्लबमाथि १-० को जित दर्ता गर्यो । उक्त खेलमा आर्मीले क्लिन सिट राख्दा विकेश कुथुले प्रभावशाली प्रदर्शन गरे ।

पहिलो हाफमा च्यासलले बलियो चुनौती पेस गर्न सकेको थिएन । अमिर श्रेष्ठले लामो दुरीबाट गरेको कडा प्रहारलाई विफल तुल्याउँदै विकेशले राम्रो सुरुवात गरे । दोस्रो हाफमा च्यासलले आफ्नो आक्रमणलाई थप बलियो बनायो । सन्तोष शाहुखल र विमल घर्तीमगरले आर्मीको डिफेन्सलाई चिर्दै बनाएको आक्रमणलाई विकेशले निस्तेज पारे । सन्तोषको फ्रिकिकलाई उत्कृष्ट ढंगले पन्च गरेका विकेशले दुई पटक राम्रो बचाउ गर्दै टोलीलाई अग्रतामा राखे ।
विकेशले आफ्नो प्रदर्शनभन्दा पनि टोलीको जित महत्त्वपूर्ण रहेको बताए । ‘ आज टोलीको लागि जित एकदम आवश्यक थियो । पहिलो खेलमा बराबरीमा रोकिएको कारण पनि हामीमाथि दबाब रहेको थियो । समयमा गोल निस्केपछि लय समात्दै नतिजा आफ्नो पक्षमा नतिजा राख्न सफल भयौं,’ विकेशले भने ।

उनले लिग उपाधि जित्ने टोलीको लक्ष्य रहेको पनि बताए । ‘ हामीले लिग उपाधि लक्ष्य बनाएका छौं । तर त्यसको लागि हरेक खेलको नतिजा महत्त्वपूर्ण हुन्छ । यो जितले टोलीको मनोबल बढेको छ । अब आउने खेलमा पनि यस्तै नतिजा ल्याउने प्रयास गर्नेछौं’, विकेशले थपे ।
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]