7 years ago
November 18, 2018
काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत आइतबारको पहिलो खेलमा नेपाल पुलिस क्लब र मछिन्द्र क्लबको खेल गोलरहित बराबरीमा टुंगिएको छ ।

मछिन्द्रले रक्षात्मक रणनीति अपनाउँदै लगातार दोस्रो खेलमा गोलरहित बराबरी खेलेको हो । पुलिसले भने पहिलो खेलमा जावलाखेललाई १-० ले पराजित गरेको थियो । पहिलो हाफमा मछिन्द्रमाथि दबाब राखेको पुलिसले दोस्रो हाफमा झनै फिका प्रदर्शन गर्यो । अग्रपंक्तिमा तालमेल नमिल्दा पुलिसले अधिकांश समय बल पोसेसन राखेपनि गोल गर्न सकेन ।
राष्ट्रिय खेलाडीको उपस्थिति रहेको पुलिसले मछिन्द्रलाई दबाबमा राखेपनि गोल गर्न भने सकेको छैन । मछिन्द्रका गोलरक्षक दीप कार्कीले केहि राम्रो बचाउ गरेका छन् । पहिलो हाफको अन्त्यतिर अभिषेक रिजालको सटलाई ‘पोइन्ट ब्लांक’ रेन्जबाट दीपले पन्च गरेका थिए । त्यसअघि सुमन लामाको पेनाल्टी क्षेत्रबाहिर बाट गरेको प्रहारलाई पनि दीपले विफल तुल्याए ।

पुलिसले आक्रमक रणनीति अपनाउँदै खेलेपनि मछिन्द्रको डिफेन्सले कमै मौका दिएको छ । च्यासलविरुद्ध खेलमा म्यान अफ द म्याच भएका विकास थुलुङ राईले आज पनि राम्रो प्रदर्शन गर्दै म्यान अफ द म्याच भए । सुमन लामाले अपेक्षित प्रदर्शन गर्न नसक्दा प्रशिक्षक अनन्त थापाले अन्तिम समयमा अनुभवी भोला सिलवाललाई मैदान प्रवेश गराएका थिए । भोलाले पनि केहि अवसर प्राप्त गरे तर गोलरक्षकलाई समस्या दिन सकेनन् ।
पुलिसले २ खेलमा १ जित र १ बराबरीसँगै ४ अंक जोडेको छ । मछिन्द्रको २ खेलमा २ बराबरीसँगै २ अंक छ ।
सुरुवाती ११ :
नेपाल पुलिस क्लब :
शत्रुघन चौधरी (गोलरक्षक), विक्रम धिमाल (कप्तान), सन्तोष हेम्रुण, अजित भण्डारी, दिनेश राजवंशी, तेज तामाङ, हेम तामाङ, अभिषेक रिजाल, रवी पासवान, निरकुमार राई, सुमन लामा
मछिन्द्र :
दीप कार्की (गोलरक्षक), विकास थुलुङ, अन्जन देवकोटा, विवेक पण्डित,संजय राजवाहक, अजित गुरुङ, टंकप्रसाद गुरुङ, उत्तम गुरुङ (कप्तान), खामिर गिल्सान, विशाल राइ, निरोज चौधरी
खेलको भिडियो :
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]