default_image

7 years ago

November 18, 2018

मैदान फर्किए विक्रम, बीबीसीविरूद्ध कप्तानी गर्दै

112 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर एवं रुस्लान थ्री स्टार क्लबका कप्तान विक्रम लामा झन्डै ९ महिनापछि मैदान फर्कने भएका छन् ।

राजधानीमा जारी पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत ब्रिगेड ब्वाइज क्लबविरुद्धको खेलका लागि विक्रमले थ्री स्टारको कप्तानी गर्दैछन् । गत माघमा बुढासुब्बा गोल्डकपको फाइनलमा नेपाल पुलिस क्लबविरुद्ध खेल्दा खुट्टा भाँचिएपछि विक्रम मैदानबाहिर रहेका थिए । त्यसपछि विक्रमले खुट्टाको शल्यक्रिया गरेर रिह्याबमा आफ्नो समय व्यतित गरे । यसबिचमा उनले मोफसलका प्रतियोगितासँगै राष्ट्रिय टोलीबाट बंगलादेशमा भएको साफ च्याम्पियनसिप खेल्न पाएनन्

लिगको पहिलो खेलमा रुस्लान थ्री स्टारले फ्रेन्ड्स क्लबलाई २-१ ले पराजित गरेको थियो । उक्त खेलमा थ्री स्टारका लागि रन्जन विष्ट र बुद्ध चेम्जोङले गोल गरेका थिए । आजको खेलमा थ्री स्टारले बलियो टोलीलाई पहिलो रोजाइमा उतारेको छ ।

थ्री स्टारको सुरुवाती ११ :

एलन न्यौपाने, रजिन धिमाल, पिटर सेगुन, विजय धिमाल, विक्रम लामा(कप्तान), रुपेश केसी, निराजन खड्का, सुनील बल, बुद्ध चेम्जोङ, अजायी मार्टिन्स, रन्जन विष्ट

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.