default_image

7 years ago

November 18, 2018

रुस्लान थ्री स्टारको लगातार दोस्रो जित

117 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत अाइतबारको दोस्रो खेलमा रुस्लान थ्री स्टारले ब्रिगेड ब्वाइज क्लबलाई ५-१ ले पराजित गरेको छ ।

खेलको नवौं मिनेटमा थ्री स्टारले सुरुवाती अग्रता लिएको थियो । पेनाल्टी क्षेत्रभित्र दिपेन सिंहले निराजन खड्कालाई लडाएपछि रेफ्रिले पेनाल्टी दिए । रन्जित धिमालले पेनाल्टीलाई सजिलै गोलमा परिणत गर्दै अग्रता दिलाए ।

३० अौं मिनेटमा सुनील बलको उत्कृष्ट कटब्याकमा थ्री स्टारका फरवार्डहरु गोल गर्न चुके । ६ यार्ड बक्सभित्र अाएको पासलाई दुवै फरवार्ड रन्जन विष्ट र अजायी मार्टिन्सले भ्याएनन् । लगत्तै रन्जनले मार्टिन्सको पासमा पेनाल्टी क्षेत्रभित्र सट प्रहार गर्न असफल रहे ।

दोस्रो हाफको सुरुवातमै थ्री स्टारले दोस्रो गोल थप्यो । ५१ अौं मिनेटमा रन्जन विष्टले पेनाल्टी क्षेत्र बाहिरबाट दिएको चलाखीपूर्ण पासलाई सुनील बलले पेनाल्टी क्षेत्रको बाँया भागबाट सुन्दर फिनिस गरे । ७५ अौं मिनेटमा ब्रिगेड ब्वाइजले अग्रता घटायो । रजत तिवारीले लिगको लगातार खेलमा पेनाल्टी क्षेत्रबाहिरबाट गोल गरे ।

नियमित समयको ६ मिनेट बाँकी रहँदा थ्री स्टारले  फेरी २ गोलको अग्रता बनायो । डिफेन्सको गल्तीको फाइदा उठाउँदै रन्जनले वन भर्सेस वनमा सहजै गोल गरे । लगत्तै अन्तिम मिनेटमा निराजन खड्काले भलीमार्फत उत्कृष्ट गोल गरे । पेनाल्टी क्षेत्रबाहिर डिफेन्सले बल फुस्काएपछि निराजनले गरेको शक्तिशाली प्रहारलाई गोलरक्षकले ठम्याउन सकेनन् ।

इन्ज्युरी समयको तेस्रो मिनेटमा विक्रम लामाले पाँचौ गोल गरे । उनले सुनील बलको क्रसमा उत्कृष्ट हेडर गर्दै सुखद पुनरागमन गरे । जितसँगै थ्री स्टारले लिगमा लगातार दोस्रो जित दर्ता गरेको छ । अंक तालिकामा २ खेलमा ६ अंक जोडेको थ्री स्टार शीर्षस्थानमा छ । दुवै खेलमा पराजित ब्रिगेड ब्वाइज अंक तालिकाको पुछारमा रहेको छ ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.