default_image

7 years ago

November 19, 2018

दोस्रो चरणका अन्तिम तीन खेल आज

138 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत दोस्रो चरणको अन्तिम तीन खेल आज हुँदैछन् । आज हुने दुई खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्स र एक खेल हल्चोकस्थित एपीएफ रंगशालामा हुनेछ ।

दिनको पहिलो खेलमा जावलाखेल युवा क्लब र सीएमजी संकटा क्लब भिड्नेछन् । संकटाले पहिलो खेलमा सरस्वति युवा क्लबलाई १-० ले पराजित गरेको थियो । लक्ष्मण रुचालको इन्ज्युरी समयको गोलको मदतले संकटाले तीन अंक हात पारेको थियो । यता जावलाखेल भने पहिलो खेलमा नेपाल पुलिस क्लबसँग १-० ले पराजित भएको थियो । यी दुई क्लबको खेल विहान ११ बजे एन्फा कम्प्लेक्समा हुनेछ ।

एन्फा कम्प्लेक्समै दिउँसो २:३० बजेको खेलमा फ्रेन्ड्स क्लब र एपीएफ खेल्नेछन् । फ्रेन्ड्सले पहिलो खेलमा थ्री स्टारसँग २-१ को पराजय बेहोरेको थियो । एपीएफ भने हिमालयन शेर्पासँग गोलरहित बराबरीमा रोकिएको थियो । पहिलो जितको खोजीमा रहेका दुई टोलीबीच निकै प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ ।

एपीएफ रंगशालामा दिउँसो २:३० बजे नै हिमालयन शेर्पा र सरस्वति युवा क्लबले खेल्नेछन् । शेर्पाले एपीएफसँग गोलरहित बराबरी खेल्दै अंकको खाता खोलिसकेको छ । सरस्वति भने पहिलो खेलमा अन्तिम समयमा गोल खाँदै संकटासँग पराजित भएको थियो ।

हालसम्मको अंक तालिका :

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

Success

Thank you for your time.