default_image

7 years ago

November 19, 2018

अन्तिम मिनेटको गोलमा एपीएफको जित

94 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – प्रवीन स्याङतानले खेलको अन्तिम समय गोल गरेपछि पल्सर सहिद स्मारक ए डिभिजन अन्तर्गत दोस्रो खेलमा एपीएफले फ्रेन्ड्स क्लबलाई १-० ले पराजित गरेको छ ।

एपीएफका लागि खेलको १३ औं मिनेटमा रुपबहादुर लामाले गरेको प्रहार बंगलादेशी गोलरक्षक मोहमद नुरुल करीमले बचाए । लगत्तै प्रवीन स्याङतानको प्रहार पनि उनैले विफल तुल्याए । फ्रेन्ड्सले पनि पहिलो हाफमा अवसर प्राप्त गरेको थियो फोफानाको प्रहारलाई गोलरक्षक राजु योगीले सहजै बचाए । पहिलो हाफमा खेल गोलरहित बराबरीमा टुंगियो ।

दोस्रो हाफमा फ्रेन्ड्सले आक्रामक सुरुवात गर्यो । फोफानाले पेनाल्टी क्षेत्रभित्रबाट गरेको प्रहारलाई गोलरक्षक योगीले बचाए । एपीएफले पुन लय समात्दै एक माथि अर्को आक्रमण बुन्यो । ५७ औं मिनेटमा फ्रेन्ड्सको डिफेन्सको गल्तीमा एपीएफका प्रवीनले वन भर्सेस वनमा गोल गर्न सकेनन् ।

खेलको ७५ औं मिनेटमा विश्वास उदासको फ्रिकिकमा राजेन्द्र रावलको हेडर क्रसबारभन्दा थोरै माथिबाट बाहिरियो । त्यसको केहिबेरमै राजेन्द्रको हेडर गोलपोस्टमा छिरेपनि रेफ्रीले त्यसलाई अफसाइड करार दिए । खेल बराबरीतर्फ उन्मुख हुँदै गर्दा इन्ज्युरी समयमा प्रवीनले गोल गर्दै एपीएफको जित पक्का गरे ।

यो एपीएफको जारी लिगमा पहिलो जित हो । पहिलो खेलमा बराबरी खेलेको एपीएफले २ खेलमा ४ अंक जोडेको छ । फ्रेन्ड्स भने लगातार दोस्रो खेलमा पराजित हुँदै अंकविहिन रहेको छ ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.