7 years ago
November 19, 2018
काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत सोमबार तीन खेल सकिएसँगै दोस्रो चरणका खेलहरु सकिएका छन् ।
दोस्रो चरणको समाप्तिमा थ्री स्टार लिगको शीर्ष स्थानमा छ । थ्री स्टारले दोस्रो चरणको खेलमा ब्रिगेड ब्वाइज क्लबलाई ५-१ ले पराजित गर्दै शीर्ष स्थानमा कब्जा जमाएको हो । मनाङ मर्स्याङदीले पनि एनआरटीलाई २-० ले पराजित गर्दै जित हासिल गर्यो । गोलअन्तरको आधारमा थ्री स्टार अगाडी छ । संकटाले पनि सोमबार जावलाखेललाई २-० ले पराजित गर्दै ६ अंक जोडेको छ ।
त्यसपछि अंक तालिकामा ४ अंक जोड्नेमा तीन विभागीय टोलीसँगै हिमालयन शेर्पा रहेको छ । त्रिभुवन आर्मीले च्यासललाई १-० ले पराजित गर्यो । पुलिसले मछिन्द्रविरुद्ध गोलरहित बराबरी खेल्यो भने एपीएफले फ्रेन्ड्सलाई १-० ले पराजित गर्यो । हिमालयन शेर्पाले पनि सरस्वतिलाई १-० ले नै हरायो ।
मछिन्द्र लगातार २ बराबरीसँगै अंक तालिकाको आठौँ स्थानमा छ भने च्यासल र एनआरटीले १-१ अंक जोडेका छन् । फ्रेन्ड्स, सरस्वति, जवालाखेल र ब्रिगेड ब्वाइजले अंक जोड्न सकेका छैनन् ।

December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]