7 years ago
November 20, 2018
साल्के (एजेन्सी) – दुई गोलले पछि परेको स्थिति उल्ट्याएर नेदरल्यान्डले जर्मनीसँग २–२ गोलको बराबरी खेल्दै युइएफए नेसन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
नेदरल्यान्डले लिग ए को समूह १ बाट समूह विजेताको रुपमा प्ले अफमा स्थान बनाउदा विश्वविजेता फ्रान्स रोकिएको छ । जर्मनी भने यसअघि नै रेलिगेसनका परेको थियो । नेदरल्यान्डको ४ खेलबाट ७ अंक पुग्दा समान अंक रहेको फ्रान्स गोल अन्तरमा दोस्रो स्थानमा झर्दै रोकिएको हो ।
सोमबार राति भएको खेलमा घरेलु टोली जर्मनीले खेलको २० मिनेट भित्र नै २–० को अग्रता लिएको थियो । तर, जर्मनीले त्यो अग्रता अन्तिम समयसम्म जोगाउन सकेन । नवौं मिनेटमा सर्जि जिनाब्रिको पासमा टिमो वेर्नरको गोलबाट जर्मनीले खेलमा अग्रता बनाएको थियो । २०औं मिनेटमा लिरोए सानेले टोनी क्रुसको पासमा गोल गरेपछि जर्मनीले २–० को अग्रता बनाएको थियो ।
जिततर्फ धकेलिएको खेलमा जर्मनी अन्तिम ५ मिनेट सम्हालिन सकेन । ८५औं मिनेटमा क्वीन्सी प्रोमेसले मार्टिन डि रोनको पासमा गोल गरेपछि नेदरल्यान्डलाई खेलमा फर्काउने संकेत दिएका थिए । भर्जिल भान डिजिकले इन्जुरी समयको थप गरिएको पहिलो मिनेटमा गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याएका थिए । त्यसपछि थप गोल निस्कन नसक्दा खेल २–२ गोलको बराबरीमा सकियो ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]