7 years ago
November 20, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले सन् २०१९ मा महिला साफ च्याम्पियनसिपको पाँचौ संस्करण आयोजना गर्ने पक्का भएको छ । नेपाल यसअघी तीन पटक फाइनल र पछिल्लो संस्करणमा सेमिफाइनलसम्म पुगेको थियो ।

मंगलबार दक्षिण एसियाली फुटबल फेडेरेसन (साफ) ले नेपाललाई आयोजनाको जिम्मेवारी सुम्पिएको हो । प्रतियोगिता ११ देखि २१ मार्च २०१९ सम्म विराटनगरमा हुनेछ । प्रतियोगितामा सहभागी हुने टोलीको संख्या भने यसै महिनाको अन्त्यसम्म तय हुनेछ । साफले यसअघि डिसेम्बर तेस्रो सातालाई तोकेको साफ च्याम्पियनसिपको मिति श्रीलंकाले आयोजना गर्न असमर्थ भएपछि सारिएको हो ।
नेपालले विराटनगरमा आयोजना गर्ने प्रस्ताव साफलाई राखेसँगै साफले प्रतियोगिता स्थलको अनुगमन पनि गरेको थियो । साफले नेपालको प्रस्ताव स्वीकार गरेसँगै विराटनगरमा प्रतियोगिता हुने पनि पक्का भएको छ । नेपाल प्रतियोगितामा पहिलो उपाधि जित्ने दाउमा छ ।

भारतको सिलिगुडीमा भएको अघिल्लो संस्करणमा नेपालको यात्रा सेमिफाइनलमा रोकिएको थियो । नेपाल भारतसँग २-१ ले पराजित हुँदै घर फर्केको थियो । त्यसअघिको तीनै संस्करणमा नेपाल भारतसँग नै पराजित भएको थियो । नेपालले अहिलेसम्म सिनियर महिला फुटबलमा भारतलाई हराउन सकेको छैन ।
केहि साताअघि म्यानमारमा भएको ओलम्पिक छनोटको एसियाली क्षेत्रअन्तर्गत प्रारम्भिक चरणमा भने नेपालले भारतलाई १-१ को बराबरीमा रोकेको थियो । नेपाल उक्त प्रतियोगितामा अपराजित रहँदै दोस्रो चरणमा छनोट भएको छ । नेपालले उक्त प्रतियोगितामा आयोजक म्यानमार र बंगलादेशसँग पनि १-१ को बराबरी खेलेको थियो ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]