7 years ago
November 20, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले चिनियाँ क्लब ग्वान्झाउ आर एण्ड एफसँगमैत्रीपूर्ण खेल खेल्ने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार विज्ञप्ति जारी गर्दै चिनियाँ सुपर लिगमा प्रतिस्पर्धा गर्ने क्लबसँगको खेल पक्का गरेको हो । खेलको मिति तय नभएपनि सन् २०१९ जनवरीमा हुने एन्फाले जनाएको छ ।
नेपाली टोलीले केहि साताअघि बंगलादेशमा आयोजित बंगबन्धु गोल्डकप खेलेपछि अन्तर्राष्ट्रिय खेल खेलेको छैन । बंगबन्धुको समूह चरणबाट बाहिरिएको नेपालले साफ च्याम्पियनसिपमा सेमिफाइनल यात्रा तय गरेको थियो । नेपाल सेमिफाइनलमा माल्दिभ्ससँग ३-० ले पराजित भएको थियो ।
चीनबाट प्रतियोगिता समितिका अध्यक्ष याङ कि, टिम व्यवस्थापक हुआङ जुन र कार्यकरी समितिको लिआङ याजिङले एन्फा कम्प्लेक्स भ्रमण गरेका थिए । तीन सदस्य टोलीले एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पासँग खेलको तयारीबारे छलफल गरेका थिए । खेल आयोजनाका लागि भ्रमण टोलीले एन्फा कम्प्लेक्सको निरिक्षण पनि गरेको थियो ।
ग्वान्झाउ आर एण्ड एफ क्लब क्लब चीनको शीर्ष डिभिजन चिनिया सुपर लिगमा खेल्ने क्लब हो । गत साता सम्पन्न लिग सिजनमा ग्वान्झाउ १० औं स्थानमा रहेको थियो । क्लबमा सर्बियाली प्रशिक्षक ड्रागान स्टोकोभिच रहेका छन् ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]