default_image

7 years ago

November 21, 2018

मनाङ विरुद्ध थ्री स्टार : पूर्व क्लबविरुद्ध खेल्दै यी खेलाडी

118 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत बिहीबार रुस्लान थ्री स्टार क्लब र मनाङ मर्स्याङदी क्लबबीच प्रतिस्पर्धा हुँदैछ । खेल एन्फा कम्प्लेक्समा दिउँसो २:३० बजे हुनेछ ।

लिगको सुरुवाती दुई खेलमा दुवै क्लबले जित दर्ता गर्दै लिगको शीर्ष दुई स्थान कब्जा गरेका छन् । विगतमा लिगको अन्तिम चरणमा हुने खेल यसपटक एन्फाले गोलाप्रथा गर्दै खेल तालिका निकालेपछि तेस्रो चरणमा नै भिड्ने भएका हुन् । लिगको उपाधि दावेदारमध्ये बलिया दुई टोलीबीच पछिल्लो समय थ्री स्टार मनाङमाथि हावी हुँदै आएको छ । पछिल्लो समय मोफसलकै प्रतियोगितामा पनि मनाङले थ्री स्टारले हराएको हेर्न केहि वर्ष अगाडीको नतिजा खोतल्न पर्ने हुन्छ ।

अहिले दुवै टोलीमा केहि यस्ता खेलाडी छन् जसले दुवै क्लबको जर्सी लगाईसकेका छन् । बिहीबारको खेलमा यी खेलाडी आफ्नो पूर्व क्लबविरुद्ध उत्रने प्रबल सम्भावना रहेको छ ।

अनिल गुरुङ

यसै सिजन मनाङ छाडेर थ्रीस्टार पुगेका अनिलले लिगको पहिलो खेलमा बेन्चबाट मैदान प्रवेश गरेका थिए । दोस्रो खेलमा थ्री स्टारको सहज जित पक्का भएपछि प्रशिक्षक मेघराज केसीले युवा खेलाडीलाई मौका दिएका थिए । मनाङविरुद्ध अनिल गुरुङले केहि भूमिका खेल्ने अपेक्षा गरिएको छ । अनिलले केहि साताअघि मात्र मनाङ छोड्नुको कारण बताएका थिए । उनले आफू अपमानित भएको महसुस गरेपछि क्लब छाडेको हाम्रोखेलकुदलाई बताएका थिए ।

निराजन खड्का

थ्री स्टारका उपकप्तान समेत रहेका निराजनले यसअघि मनाङबाट खेलेका थिए । त्यसपछि उनले फ्रेन्ड्स क्लबमा पनि खेले । मोफसलका प्रतियोगिता संकटाबाट खेलेका निराजनले थ्री स्टारबाट राष्ट्रिय लिग पनि जितेका थिए ।

विराज महर्जन

मनाङका कप्तान विराज महर्जनले लामो समय थ्री स्टारबाट खेले । उनले क्लबमा रहेर २०६९ को ए डिभिजन लिगको उपाधि पनि उचाले । उनी मनाङ गएयता थ्री स्टारलाई जितेको छैन ।

रुपेश केसी

पछिल्लो पटक राष्ट्रिय लिगमा मनाङको जर्सी लगाएका रुपेश अहिले थ्री स्टारको टोलीमा छन् । दुवै खेलमा उनले पहिलो रोजाईमा खेलेका थिए । मोफसलका प्रतियोगितामा विभिन्न क्लबमा खेलेका उनले लिगमा थ्री स्टार रोजेका हुन् ।

सुरज विकले पनि केहि वर्षअघि सिक्किममा आयोजित गभर्नर्स गोल्डकपमा थ्री स्टारको जर्सी लगाएका थिए । उनले पछिल्लो दुवै खेलमा मनाङको पहिलो रोजाइमा रहँदै दुवै खेल ९० मिनेट खेलेका छन् ।

अघिल्लो राष्ट्रिय लिगमा मनाङको जर्सी लगाएका विशाल श्रेष्ठ यसबीचमा भने क्लबविहिन झैं भए । उनले मोफसलका केहि प्रतियोगितामा थ्री स्टारको जर्सी लगाए । संकटाबाट पनि केहि प्रतियोगिता खेले । लिगको सुरुवाती दुवै खेलमा विशाल नै पहिलो रोजाइमा खेल्दै आएका छन् ।

प्रकाश बुढाथोकी भुटानको पारो एफसी बाट लिग खेलेर फर्केका हुन् । उनले त्यसअघि मोफसलमा संकटाबाट खेलेका थिए । राष्ट्रिय लिगमा थ्री स्टारबाट खेलेका प्रकाश मनाङबाट पहिलो खेलमा घाइते भएपछि भोलीको खेलमा उपस्थित हुने छैनन् ।

ओलावाले आफिज पछिल्लो पटक थ्री स्टारलाई राष्ट्रिय लिग जिताउँदा मुख्य सदस्य रहेका थिए । त्यसपछि मनाङ पुगेका उनले बिचमा बंगलादेशको लिग पनि खेले । केहि महिनाअघि मनाङ आएका आफिज लिगको सुरुवाती दुई खेलमा पहेंलो कार्ड पाएका कारण उपलब्ध छैनन् ।

अनन्त तामाङले पछिल्लो दुई वर्ष मोफसलको केहि प्रतियोगितामा मनाङबाट खेले । हाल थ्री स्टारमा रहेका उनी चोटका कारण यस खेलमा उपलब्ध छैनन् । उनले अर्को साता मैदानमा पुनरागमन गर्ने सम्भावना रहेको छ ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.