default_image

7 years ago

November 21, 2018

ए डिभिजन लिग : तेस्रो चरणमा दुई हेभीवेट खेल

98 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत बिहीबारदेखि तेस्रो चरणका खेलहरु सुरु हुँदैछ । दोस्रो चरणको समाप्तिमा रुस्लान थ्री स्टार र मनाङ मर्स्याङदी क्लब शीर्ष दुई स्थानमा छन् ।

तेस्रो चरणको पहिलो दिन नै शीर्ष दुई टोलीको भिडन्त हुँदैछ । एन्फा कम्प्लेक्समा दिउँसो २ बजे मनाङ र रुस्लान थ्री स्टारले खेल्नेछन् । बिहीबारै पहिलो जितको खोजीमा रहेका च्यासल र न्यू रोड टिम (एनआरटी) को भिडन्त हुनेछ । तेस्रो चरणमा दोस्रो ठूलो खेलमा उपाधि आकांक्षी अन्य दुई क्लब पनि खेल्नेछन्  । त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब भने शुक्रबार हुनेछ ।

शुक्रबार तीन खेल हुनेछन् । एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा ब्रिगेड ब्वाइजले एपीएफको सामना गर्नेछ । दिउँसो २:३० बजे दुई खेल हुनेछन् । आर्मी र पुलिसको विभागीय डर्बी एन्फा कम्प्लेक्समा चलिरहँदा मछिन्द्र र संकटा एपीएफ रंगशालामा खेल्नेछन् ।

तेस्रो चरणको अन्तिम दुई खेल शनिबार हल्चोकस्थित एपीएफ रंगशालामा हुनेछ । पहिलो खेलमा पहिलो जितको खोजीमा रहेको फ्रेन्ड्सले अर्को अंकविहिन क्लब सरस्वतीको सामना गर्नेछ । दोस्रो खेलमा जावलाखेल र हिमालयन शेर्पाबीच  प्रतिस्पर्धा हुनेछ ।

तेस्रो चरणको पूर्ण खेल तालिका :

मंसिर ६ : च्यासल विरुद्ध एनआरटी – ११ बजे – एन्फा कम्प्लेक्स

मंसिर ६ : मनाङ विरुद्ध थ्री स्टार – २:३० बजे – एन्फा कम्प्लेक्स

मंसिर ७ : ब्रिगेड ब्वाइज विरुद्ध एपीएफ – ११ बजे – एन्फा कम्प्लेक्स

मंसिर ७ : आर्मी विरुद्ध पुलिस – २:३० बजे – एन्फा कम्प्लेक्स

मंसिर ७ : मछिन्द्र विरुद्ध संकटा – २:३० बजे – एपीएफ रंगशाला

मंसिर ८ : फ्रेन्ड्स विरुद्ध सरस्वती – ११ बजे – एपीएफ रंगशाला

मंसिर ८ : जावलाखेल विरुद्ध हिमालयन शेर्पा – २:३० बजे – एपीएफ रंगशाला

अंक तालिका :

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.