7 years ago
November 22, 2018
काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत बिहीबार अंक तालिकाको शीर्ष दुई स्थानमा रहेका रुस्लान थ्री स्टार र मनाङ मर्स्याङ्दी क्लब अामने-सामने हुँदैछन् । प्रतियोगिता सुरु हुँदा देखि नै उपाधिको बलियो दावेदार मानिएका दुई टोलीको प्रतिस्पर्धा रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।

थ्री स्टारले लिगको पहिलो खेलमा फ्रेन्ड्स क्लबलाई २-१ ले पराजित गरेको थियो । उक्त खेलमा रन्जन विष्ट र बुद्ध चेम्जोङले १-१ गोल गरे । दोस्रो खेलमा थ्री स्टारले ब्रिगेड ब्वाइजलाई ५-१ को फराकिलो अन्तरले हरायो । त्यस खेलमा ५ फरक खेलाडीले गोल गरे । फरवार्ड रन्जनले लगातार दोस्रो खेलमा गोल गर्दा चोटबाट पुनरागमन गरेका विक्रम लामा, निराजन खड्का, सुनील बल र रन्जित धिमालले १-१ गोल गरे । थ्री स्टारले अंक तालिकाको शीर्ष स्थानमा रहँदै अाफूलाई बलियो दावेदारको रुपमा प्रस्तुत गरिरहेको छ ।
मनाङले पनि लिगको सुरुवाती दुवै खेलमा सहज जित दर्ता गरको छ । पहिलो खेलमा ब्रिगेड ब्वाइजलाई ३-१ ले पराजित गरेको मनाङले दोस्रो खेलमा एनआरटीलाई २-० ले पराजित गर्यो । दुवै खेलमा गोल गर्न सफल रहेका फरवार्ड ओलावाले आफिज भने थ्री स्टारविरुद्ध उपलब्ध रहने छैनन् । दुवै खेलमा पहेंलो कार्ड पाएका कारण उनी प्रतिबन्धमा परेका छन् । मनाङलाई चोटको समस्याले पनि उत्तिकै सताएको छ ।

उपकप्तान सुजल श्रेष्ठ एनआरटीसँग खेल्नुभन्दा २ दिन अगाडी प्रशिक्षणका क्रममा घाइते भए । उनलाई ठिक हुन अझै केहि साता लाग्ने बताइएको छ । मनाङले सुजल घाइते हुनुभन्दा एक दिन अगाडी मात्र प्रकाश बुढाथोकीलाई क्लबमा भित्र्याएको थियो । उनी एनआरटीविरुद्ध खेलको दोस्रो मिनेटमा काँधमा चोट बोक्दै बाहिरीए । उनको ‘क्लाभिकल बोन’ भाँचिएको छ र कम्तिमा ८ साता विश्राममा रहनुपर्ने डाक्टरले बताएका छन् ।
यता थ्री स्टारमा भने चोटको कुनै समस्या छैन । कप्तान विक्रम लामा ९ महिनाको विश्रामपछि ब्रिगेड ब्वाइजविरुद्ध टोलीमा फर्किए । उनले अन्तिम समयमा गोल गर्दै सुखद पुनरागमन पनि गरे । यसबाहेक टोलीमा निकै प्रतिस्पर्धा भने रहेको छ । पछिल्लो खेलमा विक्रम डिफेन्सको भूमिकामा थिए । प्रशिक्षक मेघराज केसीले मनाङविरुद्ध उनलाई कुन भूमिकामा खेलाउने प्रष्ट पारेका छैनन् ।

प्रशिक्षक मेघराज केसीले खेलको पूर्व सन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा मनाङविरुद्धको खेल अन्य लिग खेलभन्दा फरक नरहेको बताए । ‘लिगमा जोसँग खेल्दा पनि ३ अंकको लागि नै खेल्ने हो । थ्री स्टार जुनै टोलीसँग खेल्दा पनि यसैको लागि खेल्छ । मनाङलाई पनि हामीले अन्य टोलीजस्तै ११ खेलाडी उतारेर खेल्ने हो,’ उनले भने । चोटका कारण मनाङ केहि कमजोर भएको हो भन्ने प्रश्नमा प्रशिक्षक केसीले त्यसलाई स्वीकार गरेनन् । ‘मनाङ भनेको लिग जित्न आएको टोली हो । लिग जित्न ११ खेलाडीले मात्र पुग्दैन । यो स्थिति मनाङ मात्र हैन अन्य क्लबमा पनि छ । क्लबमा विकल्पका रुपमा पनि स्तरीय खेलाडी छन्,’ उनले थपे ।
यता मनाङका प्रशिक्षक सुमन श्रेष्ठले चोटका कारण टोलीमा केहि समस्या हुने भने स्वीकारे । ‘हामीलाई उनीहरुको कमी त हुन्छ नै, तर विकल्पमा हामीसँग खेलाडी पर्याप्त छन् । हामीले यस खेलको लागि आफ्नो रणनीति पनि परिवर्तन गर्ने सोचेका छौं । उपाधि दावेदार टोली भएकाले अंक नगुमाउने हाम्रो लक्ष्य हुनेछ,’ उनले भने ।
यो पनि :
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]