default_image

7 years ago

November 22, 2018

च्यासल ५-१ ले विजयी, विमलको २ गोल

113 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत बिहीबारको पहिलो खेलमा भ्याली च्यासल युवा क्लबले न्यू रोड टिम (एनआरटी) लाई ५-१ ले पराजित गरेको छ । च्यासलको जितमा विमल घर्तिमगर र अमिर श्रेष्ठले २-२ तथा सन्तोष साहुखलले १ गोल गरे ।

च्यासलका लागि अमिर श्रेष्ठ खेलको १४ औं मिनेटमा पहिलो गोल गरेका थिए । विमल घर्ति मगरको पासमा सन्जोग राइले बायाँ विङबाट दिएको क्रसमा उनले फार पोस्टमा अनमार्क रहेको अवस्थामा भली प्रहार गर्दै गोल गरेका थिए । अमिरले नै च्यासलको अग्रता दोब्बर पारे । उनले २९ औं मिनेटमा आकर्षक भलीमार्फत गोल गरे । पहिलो गोलझैं अनमार्क रहेका अमिरको प्रहार गोलरक्षकले रोक्ने कुनै मौका पाएनन् ।

एनआरटीका लागि आठौं मिनेटमा राजेश परियारले गरेको फितलो प्रहार गोलरक्षक दिनेश थापामगरले सहजै बचाए । २० औं मिनेटमा एनआरटीकै डिकेश खड्गीले सुशील लामाको पासलाई सदुपयोग गर्न सकेनन् । च्यासलका सन्तोष साहुखलले ३२ औं मिनेटमा पेनाल्टी क्षेत्रभित्र गरेको प्रहारलाई गोलरक्षक सोजित गुरुङले विफल पारिदिए । पहिलो हाफको अन्तिम मिनेटमा अमिरको क्रसमा सन्तोषको हेडरले पोस्टको दिशा लिन सकेन ।

पहिलो हाफमा २-० ले अगाडी रहेको च्यासलले दोस्रो हाफमा ३ गोल थप्यो । ५७ औं मिनेटमा विमल घर्तिमगरले गोल गरे । हेमन्त थापामगरको क्रसमा सन्जोग राईले ६ यार्ड बक्सभित्रबाट दिएको हेडर पासमा विमलले गोल गरे । त्यसपछि सन्तोष साहुखलले ६४ औं मिनेटमा विमलको पासमा गोल गरे । पेनाल्टी क्षेत्रभित्र उनले गोलरक्षक सोजित गुरुङ र डिफेन्डर क्रिस्टियन बासिइलिलाई छक्याउँदै उत्कृष्ट गोल गरे ।

८६ औं मिनेटमा हेमन्त थापामगरको क्रसमा सन्तोष साहुखलले सट प्रहार गर्न नसक्दा फार पोस्ट मा अन्मर्क रहेका विमलको शक्तिशाली प्रहार गोलरक्षक सोजित गुरुङले बचाउन सकेनन् । एनआरटीका लागि इन्ज्युरी समयको पहिलो मिनेटमा मसुदले सान्त्वना गोल फर्काए । अन्तिम मिनेटमा हेमन्त थापामगरको प्रहार क्रसबारमा लागेर फर्कियो ।

च्यासलको जारी लिगमा यो पहिलो जित हो । टोलीको ३ खेलमा ४ अंक भएको छ । एनआरटी भने लगातार दोस्रो खेलमा पराजित भयो । एनआरटीको ३ खेलमा १ अंक छ ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.