7 years ago
November 22, 2018
काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत मनाङ मर्स्याङ्दी क्लबले रुस्लान थ्री स्टार क्लबलाई २-१ ले पराजित गरेको छ । मनाङले पहिलो हाफमा बनाएको २ गोलको अग्रता सम्हाल्दै लिगको शीर्षस्थानमा उक्लिएको हो ।

खेलको ११ औं मिनेटमा अन्जन विष्टले मनाङलाई अग्रता दिलाए । उनले हेमन गुरुङको पासलाई सदुपयोग गर्दै गोल गरेका थिए
१८ औं मिनेटमा मनाङले अग्रता दोब्बर पार्यो । एलन न्यौपानेले क्लियर गरेको बल विजय धिमाललाई लाग्दै गोलमा परिणत भएको थियो । विक्रम लामाले अन्तिम समयमा गोललाइनबाट क्लियर गर्न खोजेपनि उनको प्रयास सफल हुन सकेन ।
खेलको तेस्रो मिनेटमा अजायी मार्टिन्सको विराज महर्जनले बचाएका थिए । २२ औं मिनेटमा रञ्जित धिमालको फ्रिकिक क्रसबारभन्दा थोरै माथिबाट बाहिरियो । ३६ औं मिनेटमा सुनील बलको क्रसमा विशाल श्रेष्ठले उत्कृष्ट पन्च गरे । पहिलो हाफको ४ मिनेट बाँकी छँदा सुनिल बलको उत्कृष्ट प्रहारलाई विशालले विफल पारिदिए । यसको एक मिनटमै मार्टिन्सले दिएको पासमा बुद्ध चेम्जोङको प्रहारले पोस्टको दिशा लिन सकेन ।

निकै प्रतिस्पर्धात्मक खेलमा मनाङले दुवै गोल काउन्टर अट्याकमा गरेको थियो । दुवै टोलीले पहिलो हाफमा १-१ परिवर्तन गरेका छन् । रुस्लान थ्री स्टारले निराजन खड्काको स्थानमा विदेशी खेलाडी मेस्सुम्बेलाई मैदानमा उतारेको छ । मनाङले घाइते भएका विशाल राईको स्थानमा पुजन उपरकोटी मैदान प्रवेश गरेका छन् ।
दोस्रो हाफमा थ्री स्टार थप आक्रामक रुपमा प्रस्तुत भयो । अनिल गुरुङको स्थानमा रन्जन विष्ट मैदान प्रवेश गरेपछि थ्री स्टारले दबाब बनाउन सफल रहेको थियो । थ्री स्टारले खेलको ८५ औं मिनेटमा गोल पनि फर्कायो । पेनाल्टी क्षेत्रभित्र मोहमद आसिफले अजायी मार्टिन्सलाई लडाएपछि थ्री स्टारले पेनाल्टी पाएको हो । रञ्जित धिमालले उक्त पेनाल्टीमा गोल गर्दै अग्रता कम गरे ।

थ्री स्टारले अन्तिम समयमा आक्रमणलाई थप जोड दिएपनि गोल फर्काउन भने सकेन । यस जितसँगै मनाङ ३ खेलमा ९ अंक जोड्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । थ्री स्टार भने लिगमा पहिलो हारसँगै ३ खेलमा ६ अंकमा अवस्थित छ ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]