default_image

6 years ago

November 22, 2018

मनाङ र च्यासलको जितपछि यस्तो छ अंक तालिका

49 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत बिहीबारको खेलमा मनाङ मर्स्याङदी क्लब र भ्याली च्यासल युवा क्लबले आ-आफ्नो खेल जिते । दुवै क्लब अंक तालिकामा माथि पनि उक्लेका छन् ।

मनाङ थ्री स्टारलाई २-१ ले हराउँदै अंक तालिकाको शीर्ष स्थानमा पुग्यो । मनाङको जितमा अन्जन विष्टले सुरुवाती गोल गरे भने विजय धिमालले आत्मघाती गोल गरे । थ्री स्टारको लागि रञ्‍जित धिमालले पेनाल्टीमार्फत गरेको गोल सान्तवना मात्र भयो ।

त्यसअघि च्यासलले एनआरटीलाई सहजै पराजित गरेको थियो । च्यासलको जितमा विमल घर्तिमगर र अमिर श्रेष्ठले २-२ गोल गरे भने सन्तोष साहुखलले १ गोल गरे । मसुदले एनआरटीको लागि सान्त्वना गोल फर्काएका थिए ।

मनाङ ३ खेलमा ९ अंकसहित अंक तालिकाको शीर्ष स्थानमा छ । पराजित थ्री स्टार दोस्रो स्थानमा यथावत नै छ । थ्री स्टारले ३ खेल खेल्दा २ खेलमा ६ अंक जोडेको संकटा तेस्रो स्थानमा छ । च्यासल पनि जितसँगै अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ ।

December 15, 2024

राष्ट्रिय जागृतिसँग झापा ११ को हार

हिमाल खरेल,बिर्तामोड फिनिसिङमा तालमेल नमिल्दा आयोजक झापा–११ एफसी बिर्तामोडमा जारी झापा कपको पहिलो चरणबाटै बाहिरिएको छ । स्टार खेलाडीले भरिएको झापा–११ ले खेल अवधिभर सशक्त आक्रमण गर्न सकेन । डोमालाल राजवंशी रंगशालामा जारी प्रतियोगिताको दोस्रो दिनको आइतवार आयोजक झापा ११ फुटबल क्लबलाई २-० ले पराजित गर्दै राष्ट्रिय जागृति क्लब इटहरी क्वार्टर फाइनलमा प्रवेश गरेको छ […]

December 15, 2024

बुन्डेसलिगामा बार्यनको‌ पहिलो हार

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बार्यन म्युनिखले शनिवार सिजनको पहिलो‌ हार बेहोरेको छ। भिन्सेन्ट कम्पोनीको टोली बार्यन माइन्जसँग २-१ ले पराजित भएको हो। माइन्जका लागि दुवै गोल दक्षिण कोरियाली फरर्वाड लि जे सुङले गरे । बार्यनका लेरोय सानेले गोल गरे। रक्षापंक्तिको कमजोरीको फाइदा उठाउँदै सुङले ४१ औं मिनेटमा पहिलो गोल गरे । ६० औं मिनेटमा […]

December 15, 2024

लिभरपुल हारबाट जोगियो, आर्सनल पनि रोकियो

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा शनिवार शीर्षस्थानको लिभरपुल र तेस्रो स्थानको आर्सनलले अलग अलग खेलमा बराबरी खेलका छन् । खेलको अन्त्य तिर गोल फर्काउँदै लिभरपुल फुलह्यामसँग हारबाट जोगिएको हो । आर्सनलले एभर्टनसँग गोलरहित बराबरी खेलेको छ। १० खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको लिभरपुल दुई पटक खेलमा पछि परेर पनि बराबरी गर्न सफल रह्यो। लिभरपुलका […]

Success

Thank you for your time.