7 years ago
November 23, 2018
काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत शुक्रबार तीन खेल हुँदैछन् । बिहीबार थ्री स्टारलाई पराजित गरेसँगै मनाङले लिगको शीर्ष स्थानमा ३ अंकको अग्रता बनाएको छ ।

एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा अंकविहिन रहेको ब्रिगेड ब्वाइजले एपीएफको सामना गर्नेछ । पहिलो खेलमा मनाङसँग ३-१ ले पराजित ब्रिगेड ब्वाइज दोस्रो खेलमा थ्री स्टारसँग ५-१ ले पराजित भएको थियो । अंक तालिकाको पुछारमा रहेको ब्रिगेड ब्वाइज अंकको खाता खोल्ने सुरमा हुनेछ । यता एपीएफ पहिलो खेलमा हिमालयन शेर्पासँग गोलरहित बराबरीमा रोकिएको थियो । दोस्रो खेलमा भने प्रवीन स्याङतानको अन्तिम मिनेटको गोलमा एपीएफले फ्रेन्ड्सलाई हराएको थियो ।
एन्फामा हुने दोस्रो खेलमा दुई विभागीय टोली भिड्दैछन् । दुवै टोलीले हालसम्म १ जित र १ बराबरी खेलेका छन् । आर्मी पहिलो खेलमा एनआरटीसँग २-२ को बराबरीमा रोकिएको थियो भने दोस्रो खेलमा च्यासललाई १-० ले हराएको थियो । यता पुलिसले पहिलो खेलमा जावलाखेललाई १-० ले हराएपनि दोस्रो खेलमा मछिन्द्रविरुद्ध गोलारहित बराबरीमा रोकियो । यस खेलमा जित हात पर्ने क्लबले अंक तालिकामा थ्री स्टारलाई उछिन्ने अवसर छ ।

हल्चोकमा हुने एकमात्र खेलमा मछिन्द्र र संकटा खेल्दैछन् । संकटाले सुरुवाती दुवै खेलमा जित दर्ता गर्दै लिगमा बलियो सुरुवात गरेको छ । पहिलो खेलमा अन्तिम मिनेटको गोलको मदतले सरस्वतीलाई पाखा लगाएको संकटाले दोस्रो खेलमा अधिकांश समय १० खेलाडी हुनुको बाबजुद जावलाखेलको चुनौती २-० ले पन्छायो । मछिन्द्र भने दुवै खेलमा गोलरहित बराबरी खेल्दै अपराजित छ । पहिलो खेलमा च्यासल र दोस्रोमा पुलिसलाई रोकेको मछिन्द्र अंक नगुमाउने रणनीतिमा नै हुनेछ ।
आजको खेलहरु :
मंसिर ७ : ब्रिगेड ब्वाइज विरुद्ध एपीएफ – ११ बजे – एन्फा कम्प्लेक्स
मंसिर ७ : आर्मी विरुद्ध पुलिस – २:३० बजे – एन्फा कम्प्लेक्स
मंसिर ७ : मछिन्द्र विरुद्ध संकटा – २:३० बजे – एपीएफ रंगशाला
अंक तालिका :

December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]