7 years ago
November 23, 2018
काठमाडौं (हाम्रो खेलकुद) – ब्रिगेड ब्वाइज क्लबले पल्सर ए डिभिजन लिगमा पहिलो जित दर्ता गरेको छ । एक गोलले पछाडी पारेको अवस्थालाई उल्टाउँदै ब्रिगेड ब्वाइजले विभागीय टोली एपीएफलाई ३-१ ले पराजित गरेको हो ।

रुपबहादुर लामा
निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दुवै टोलीले पहिलो हाफमा उल्लेख्य मुभ बनाउन सकेनन् । २७ औं मिनेटमा ब्रिगेड ब्वाइजका रजत तिवारीले पेनाल्टी क्षेत्रबाहिरबाट गरेको प्रहार गोलरक्षक राजु योगीले सहजै बचाए ।
दोस्रो हाफको ६० औं मिनेटमा रुप बहादुर लामाले एपीएफलाई अग्रता दिलाए । पेनाल्टी क्षेत्रबाहिर रुपले गरेको प्रहार डिफ्लेकट हुँदै गोलमा परिणत भएको थियो । त्यसको तीन मिनेटमा नै ब्रिगेड ब्वाइजले बराबरी गोल फर्कायो । मनोज राईले २० यार्ड टाढाबाट फ्रिकीकमा गोल गरे ।

ब्रिगेड ब्वाइजले ६९ औं मिनेटमा अग्रता लियो । काजुदीन आदुउनीले ६ यार्ड बक्सभित्र बाट गोल गर्दै ब्रिगेड ब्वाइजलाई अग्रता दिलाए । ब्रिगेड ब्वाइजका लागि काजिम आदिबोकेले ७५ औं मिनेटमा विजयी गोल गरे । उनले पेनाल्टी क्षेत्रबाहिर बाट उत्कृष्ट भली गोल गर्दै जित पक्का गरे । खेलको ८९ औं मिनेटमा एपीएफका विश्वास उदासले सिधा रातो कार्ड पाएपछि एपीएफ १० खेलाडीमा सिमित भएको थियो ।
यो ब्रिगेड ब्वाइजको लिगमा पहिलो जित हो । ३ खेलमा ब्रिगेड ब्वाइजको ३ अंक भएको छ भने पहिलो हार बेहोरेको एपीएफ ३ खेलमा ४ अंक जोडेको छ ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]