7 years ago
November 23, 2018
काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत शुक्रबार त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई १-० ले पराजित गरेको छ । आर्मीको जितमा टेकबहादुर बुढाथोकीले निर्णायक गोल गरे ।

आर्मीले पहिलो हाफमा मिडफिल्डर टेकबहादुर बुढाथोकीको गोलमा अग्रता लिएको थियो । ३१ औं मिनेटमा टंक बस्नेतले दायाँ विङ्सबाट गरेको क्रसलाई पेनाल्टी क्षेत्रभित्र रहेका कप्तान भरत खवासले छाडेपछि टेकबहादुरले गोलरक्षकलाई बिट गर्दै गोल गरेका थिए ।
त्यसअघि आर्मीका लागि कप्तान भरत खवासले गोल गर्ने अवसरको सदुपयोग गर्न सकेनन् । १८ औं मिनेटमा उनको एक्रोब्याटिक प्रहरले पोस्टको दिशा लिन सकेन । त्यसको पाँच मिनेटपछि टेकबहादुर बुढाथोकी पनि पेनाल्टी क्षेत्रभित्रबाट पोस्टमा प्रहार गर्न असफल रहे ।

पहिलो हाफको अन्तिम मिनेटमा पुलिसले बराबरी गर्ने अवसर गुमायो । निरकुमार राईले पेनाल्टी क्षेत्रबाहिरबाट गरेको कडा प्रहार आकासिएको थियो । लगत्तै सन्तोष तामाङले पेनाल्टी क्षेत्रभित्र अनमार्क रहेको अवस्थामा गरेको प्रहार पोस्टभन्दा थोरै बाहिर गयो ।
दोस्रो हाफमा खेलले पहिलो हाफजस्तो गति लिन सकेन । ६५ औं मिनेटमा सुमन लामाको कर्नरमा विक्रम धिमालको हेडर सुमन अर्यालले गोललाइन बाट क्लियर गरिदिए । ७५ औं मिनेटमा भरत साहको शक्तिशाली प्रहारलाई गोलरक्षक विकेश कुथुले सुन्दर बचाउ गरे । पुलिसले अन्तिम समयमा आक्रमणमा जोड दिएपनि बराबरी गोल भने पाउन सकेन ।

खेलको अन्तिम समयमा पुलिसले पेनाल्टीको अपिल गरेपनि रेफ्री नविन्द्र महर्जनले त्यसलाई नकारेका थिए । पुलिसका केहि खेलाडी मैदानमा हातपातमा उत्रँदा स्थिति केहि तनावग्रस्त बनेको थियो ।
यस जितसँगै आर्मी अंक तालिकाको तेस्रो स्थानमा उक्लेको छ । आर्मीको ३ खेलमा २ जित र १ बराबरीसँगै ७ अंक छ । जारी लिगमा पुलिसले पहिलो हार बेहोरेको छ । पुलिसको ३ खेलमा १ जित, १ हार र १ बराबरीसँगै ४ अंक बनाएको छ ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]