default_image

7 years ago

November 24, 2018

अंकको खाता खोल्ने पुछारका तीन टोलीको लक्ष्य

101 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अंक तालिकाको पुछारमा रहेका तीन टोली आज पल्सर सहिद स्मारक लिग अन्तर्गत पहिलो अंकको खोजीमा हुनेछन् । शनिबार लिग अन्तर्गत दुवै खेल हल्चोकस्थित एपीएफ रंगशालामा संचालन हुनेछ ।

पहिलो खेलमा फ्रेन्ड्स क्लबले सरस्वती युवा क्लबको सामना गर्नेछ । पहिलो खेलमा थ्री स्टारसँग २-१ ले पराजित फ्रेन्ड्स दोस्रो खेलमा एपीएफसँग १-० ले पराजित भएको थियो । दुवै खेलमा फ्रेन्ड्सले कडा चुनौती दिएको थियो । यता सरस्वती पनि दुवै खेलमा १-० को हार बेहोर्दै अंकविहिन छ । पहिलो खेलमा संकटाले अन्तिम मिनेटको गोलमा हराएको सरस्वतीलाई दोस्रो खेलमा हिमालयन शेर्पाले एक गोलले नै पराजित गरेको थियो ।

दोस्रो खेलमा अंकविहिन जावलाखेल युवा क्लबले अपराजित हिमालयन शेर्पा क्लबको सामना गर्दैछ । जावलाखेलले लिगको पहिलो खेलमा नेपाल पुलिस क्लबसँग १-० को हार बेहोर्यो । दोस्रो खेलमा विपक्षी संकटा अधिकांश समय १० खेलाडीमा सिमित हुँदापनि जावलाखेल २-० ले पराजित भएको थियो । अंक तालिकाको पुछारमा रहेको जावलाखेललाई सोहि स्थानमा राख्ने प्रयास शेर्पाको हुनेछ । पहिलो खेलमा एपीएफसँग गोलरहित बराबरी खेलेको शेर्पाले दोस्रो खेलमा सरस्वतीलाई १-० ले हराएको थियो ।

शनिबारका खेलहरु:

मंसिर ८ : फ्रेन्ड्स विरुद्ध सरस्वती – ११ बजे – एपीएफ रंगशाला

मंसिर ८ : जावलाखेल विरुद्ध हिमालयन शेर्पा – २:३० बजे – एपीएफ रंगशाला

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.