default_image

7 years ago

November 24, 2018

सरस्वतीको पहिलो जित, फ्रेन्ड्स ३–० ले पराजित

86 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सरस्वती युथ क्लबले पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा पहिलो जित निकालेको छ ।

हल्चोकस्थित एपिएफ क्लबको खेल मैदानमा शनिबार भएको पहिलो खेलमा सरस्वतीले एनआइविएल फ्रेन्डस् क्लबलाई ३–० ले पराजित गर्दै लिगमा पहिलो जित निकालेको हो । सरस्वतीको जितमा तीन विदेशी खेलाडी भिक्टर, फ्रान्सिस र इब्राहिमले गोल गरे । पहिलो हाफमा १–० को लिएको सरस्वतीले दोस्रो हाफमा २ गोल थप्न सफल भयो ।

सरस्वतीले खेलको १३औं मिनेटमा भिक्टरको गोलबाट अग्रता बनाएको थियो । गोलरक्षक प्रदिप भन्डारीले फालेको बललाई भिक्टरले गोलमा परिणत गरेको थिए । त्यसअघि १३औं मिनेटमा फ्रेन्डस्ले गोल गर्ने मौका खेर फालेको थियो । सनिस श्रेष्ठको क्रसमा प्रेजेन तामाङको हेडरलाई गोलरक्षक प्रदिपले बचाएका थिए ।
खेलको तेस्रो मिनेटमा पेनाल्टी एरियाबाट किरण बोहराले निकै फितलो प्रहार गरे । ११औं मिनेटमा रुमेश बर्तौलाको क्रसलाई धिरज श्रेष्ठले भेट्न सकेनन् । २४औं मिनेटमा फाफनाको फ्रिकिक क्रसबारबाट थोरै बाहिरिएको थियो ।

सरस्वतीले २६औं मिनेटमा अग्रता दोब्बर पार्ने मौका खेर फालेको थियो । दिपेश श्रेष्ठको क्रसमा अनमार्क रहेका फ्रान्सिसको प्रहार गोलरक्षक मोहम्मदले बचाएका थिए । रिवाउन्डमा भिक्टरको प्रहारललाई पनि गोलरक्षकले विफल पारिदिएका थिए । ३८औं मिनेटमा फ्रान्सिसको प्रहार गोलरक्षक मोहम्मद करिमले बचाएका थिए ।

दोस्रो हाफको ७३औं मिनेटमा फ्रान्सिसले एकल प्रयासमा गोल गर्दै अग्रता दोब्बर पार्यो । दिपेश श्रेष्ठलाई लडाएपनि रेफ्रीले एडभान्टेज दिदा फ्रान्सिसले सहजै गोल गरेका थिए । ८३औं मिनेटमा इब्राहिमले गोल गर्दै सरस्वतीलाई ३–० को सहज जित दिलाए । कर्नरमा आएको बललाई फ्रान्सिसले दिएको पासलाई इब्राहिमले गोलमा परिणत गरेका थिए । दोस्रो हाफमा फ्रेन्डस्ले गतिलो आक्रमण बुन्न सकेन ।

तेस्रो चरणको खेल सकिँदा सरस्वतीले ३ अंक जोड्दा फ्रेन्डसले अंकको खाता खोल्न सकेको छैन । सरस्वतीका भिक्टर खेलको म्यान अफ दि म्याच घोषित भए ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.