default_image

7 years ago

November 25, 2018

डेम्बेलेद्वारा बार्सिलोनाको उद्धार, एट्लेटिकोसँगको हारबाट जोगियो

81 views

0 Bookmark

मड्रिड (एजेन्सी) – औसमाने डेम्वेलेले इन्जुरी समयमा गोल गरेपछि बार्सिलोना हारबाट जोगिएको छ । स्पेनिस ला लिगा अन्तर्गत शनिबार राति भएको खेलमा इन्जुरी समयमा डेम्वेलेकै गोल मद्दतमा बार्सिलोना एट्लेटिको म्याड्रिडसँगको हारबाट जोगिएको हो ।

उनको गोलसँगै खेल १–१ गोलको बराबरीमा सकिएको हो ।  एट्लेटिकोको घरेलु मैदान वान्डा मेट्रोपोलिटानोमा प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै गाल दोस्रो हाफमा सम्भव भएको थियो । घरेलु टोली एट्लेटिको ७७औं मिनेटमा डिएगो कोस्टाको गोलबाट खेलमा अग्रता बनाएको थियो । उनले एन्टोइन ग्रिजमनको पासलाई गोलमा परिणत गरेका थिए ।

जित नजिक पुगेको एट्लेटिको अन्तिम मिनेटमा सम्हालिन नसक्दा गोल खान पुग्यो । ९०औं मिनेटमा औसमाने डेम्वेलेले लियोनेल मेस्सीको पासलाई सदुपयोग गर्दै बार्सिलोनालाई हारबाट जोगाए ।

बराबरीपछि शीर्षस्थानमा रहेको बार्सिलोनाको १३ खेलबाट २५ अंक पुगेको छ । एट्लेटिकोको समान १३ खेलबाटै २४ अंक रहेको छ ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.