7 years ago
November 25, 2018
काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत तेस्रो चरणको खेल सोमबारदेखि सुरु हुँदैछ । सोमबारको खेलमा तेस्रो स्थानको त्रिभुवन आर्मी क्लब र दोस्रो स्थानको सीएमजी क्लब संकटा भिड्दैछन् ।

लिगको सुरुवाती तीनै खेलमा जित दर्ता गरेको संकटा आफ्नो लयलाई निरन्तरता दिने सुरमा हुनेछ । टोलीमा रातो कार्ड पाएर पछिल्लो खेल गुमाएका फरवार्ड एलोन म्याक्सवेल पनि उपलब्ध हुनेछन् । यता आर्मीका लागि पनि पछिल्लो खेलमा चोटका कारण विश्राम लिएका फरवार्ड नवयुग श्रेष्ठ फर्कनेछन् । यस खेलमा जित दर्ता गर्ने टोली अंक तालिकाको शीर्ष स्थानमा उक्लनेछ ।
दोस्रो खेलमा न्यूरोड टिम (एनआरटी) र रुस्लान थ्री स्टार क्लब खेल्नेछन् । पछिल्लो खेलमा मनाङसँग पराजित भएको थ्री स्टार पुन: जितको सिलसिला कायम राख्ने सुरमा हुनेछ । यता एनआरटी लिगको पहिलो जितको खोजीमा हुनेछ । दुवै खेल सातदोबाटोस्थित एन्फा कल्म्प्लेक्समा हुनेछ ।
सोमबारै हल्चोकस्थित एपीएफ रंगशालामा च्यासल युवा क्लब र नेपाल पुलिस क्लब भिड्नेछन् । दुवै टोली ३ खेलमा १ जित, १ बराबर र १ हारसँगै ४-४ अंकमा छन् । पुलिसले पछिल्लो खेलमा आर्मीसँग १-० को हार बेहोरेको थियो । यता च्यासलले भने एनआरटीलाई ५-१ को फराकिलो अन्तरले हराएको थियो ।
अंक तालिका :

चौथो चरणको खेलहरु :
मंसिर १० : आर्मी विरुद्ध संकटा – ११:०० – एन्फा कम्प्लेक्स
मंसिर १० : एनआरटी विरुद्ध रुस्लान थ्री स्टार – २:३० – एन्फा कम्प्लेक्स
मंसिर १० : च्यासल विरुद्ध पुलिस – २:३० – एपीएफ रंगशाला
मंसिर ११ : ब्रिगेड ब्वाइज विरुद्ध सरस्वती – ११:०० – एन्फा कम्प्लेक्स
मंसिर ११ : मनाङ विरुद्ध एपीएफ – २:३० – एन्फा कम्प्लेक्स
मंसिर १२ : हिमालयन शेर्पा विरुद्ध मछिन्द्र – ११:०० – एन्फा कम्प्लेक्स
मंसिर १२ : फ्रेन्ड्स विरुद्ध जावलाखेल – २:३० – एन्फा कम्प्लेक्स
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]