7 years ago
November 26, 2018
काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ए डिभिजन लिगमा ५० गोल पुरा भएको छ । लिगअन्तर्गत चौथो चरणको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबका टेकबहादुर बुढाथोकीले संकटाविरुद्ध लिगको ५० औं गोल गरेका हुन् ।

असोज १३ देखि सुरु भएको लिगमा पहिलो गोल न्यू रोड टिम (एनआरटी) का रोजित पुडासैनीले गरेका थिए । उनले आर्मीविरुद्ध नै गोलको खाता खोलेका थिए । उक्त खेल २-२ को बराबरीमा सकिएको थियो । त्यसयता लिगको २२ औं खेलमा ५० औं गोल सम्भव भएको हो ।
लिगको चौथो चरणको खेलमा आर्मी र संकटा भिड्दैछन् । खेलको पहिलो हाफमा आर्मी २-१ ले अगाडी छ । संकटाले एलोन म्याक्सवेलको नवौं मिनेटको गोलमा अग्रता लिएको थियो । टेकबहादुरले गोलरक्षक अगाडी बढेको मौकाको फाइदा उठाउँदै १७ औं मिनेटमा बराबरी गोल गरे । त्यो नै लिगको ५० औं गोल थियो । आर्मीका लागि कप्तान भरत खवासले २९ औं मिनेटमा गोल गर्दै अग्रता दिलाए ।
आर्मी र संकटाबीचको खेलमा विजयी हुने टोली अपराजित रहँदै लिग तालिकाको शीर्ष स्थानमा रहनेछ ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]